जिल्लाका काँग्रेस हस्तीहरुलाई हराउने यि हुन युवा नेता
विकल्प न्यूज /बेनी
फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा नेविसंघका वर्तमान जिल्ला अध्यक्ष भरतवहादुर रकाल विजयी भएका छन् ।

रकालले खुल्ला तर्फको प्रतिनिधिका लागि भएको निर्वाचनमा एकसय ६० मत प्राप्त गरे । खुल्ला तर्फ ६ जना महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुनेमा उनी उमेरका हिसावले सवै भन्दा कान्छा हुन । जिल्लामा नेविसंघको नेतृत्व समालेका रकाल प्रष्ट विचार र जुझारी नेतामा परिचित छन् । जिल्लाको विद्यार्थी आन्दोलनमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
जिल्लाका काँग्रेस हस्तीहरु लिलावहादुर वानियाँ,पूर्व सभापति डा.भुपेन्द्र खड्का,दुर्गाराम सुवेदी,लोकवहादुर मल्ल युवा नेता ध्रुवराज कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकेनन् ।
रेशम वहादुर वानियाँले सवै भन्दा धेरै मत प्राप्त गरेका छन् । उनले २४५ मत प्राप्त गरे भने २१८ मत प्राप्त गरी चिरन्जीवि शर्मा दोस्रा भएका छन् । जितेन्द्र पुन,चिरन्जीवि शर्मा मुकुन छन्त्याल र तमवहादुर थापा निर्वाचित भएका छन् । समावेशीका लागि महाधिवेशन प्रतिनिधिहरुको मतगणना जारी रहेको छ । भोली विहान सम्म सवै पदहरुको नतिजा सार्वजनिक हुने जनाइएको छ । खुला तर्फका महाधिवेशन प्रतिनिधि मध्य संस्थापन र शेरवहादुर देउवा पक्षको बरावरी प्रतिनिधि चयन भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्