काँग्रेस अधिवेशन – प्रारम्भिक मत गणनाको नतिजा
विकल्प न्यूज /बेनी
फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि सोमबार निर्वाचनको मतगणना सुरु भएको छ । बिहान ९ देखि दिउँसो २ बजेसम्म भएको मतदानमा ४०४ जना मतदाता मध्य ३८९ मत खसेको थियो ।
दिउँसो ४ बजेदेखि खुल्ला तर्फका मधाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना सुरु भएको निर्वाचन समितिका सदस्य रामजीप्रसाद सुवेदीले जानकारी दिनुभयो । पछिल्लो मतपरिणाम अनुसार ६ जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा रेशमबहादुर बानिया १०१, चिरञ्जिवी शर्मा ९८, मुकुन छन्त्याल ८१, तमबहादुर थापा ७५, जितेन्द्र पुन ७४, भरतबहादुर रकाल ६१ र लिलाबहादुर बानियाले ५७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी डाक्टर भुपेन्द्र खड्काले ५३, अनिल हिराचनले १६, गुनबहादुर थापाले १५, जिवनकुमार मल्ल ३७, दिर्घबहादुर बानिया ९, दिलबहादुर बरुवाल १७, दिलबहादुर केसी ३४, दुर्गाराम सुवेदी ४९, धु्र्रबराज कार्की २८, विपीन खड्का ४२, लोकबहादुर मल्ल ४४ र सुरथबहादुर भण्डारीले ३४ मत प्राप्त गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधिको मतगणनापछि जिल्ला कार्यसमितिको सदस्य, सचिव, कोषाध्यक्ष र सभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । आगामी चार वर्षे कार्यकालका लागि चयन हुने सभापति पदका लागि खम्बीर गर्बुजा र नेत्रबहादुर महत चुनावी मैदानमा हुनुहुन्छ ।
यसैगरी सचिवमा हरिकुमार श्रेष्ठ र अजयमिलन श्रेष्ठ तथा कोषाध्यक्षमा टंक हमाल र अमृतकुमार श्रेष्ठ उमेद्वार बन्नुभएको छ । महाधिवेसन प्रतिनिधिमा महिलातर्फ दुई जनाको पदमा ६ जना, जनजातीतर्फ एक जनाको पदमा २ जना, अल्पसंख्यक तर्फ १ जनाको पदमा ४ जना र दलित तर्फ एक जनाको पदमा ३ जना उमेद्वार छन् ।
त्यस्तै जिल्ला कार्य समितितर्फ चार जना खुला सदस्य पदमा १२ जनाविच प्रतिस्पर्धा भएको छ । एक जना अल्पसंख्यक जिल्ला सदस्यमा दुई जना र दलित तर्फ १ जनामा तिन जनाबिच प्रतिस्पर्धा भएको छ ।
प्रतिक्रिया राख्नुहोस्