स्वःकोईरालाको अस्तु कालीगण्डकीमा सेलाइयो
विकल्प न्यूज/बेनी
फागुन ९ गते ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले दिवंगत पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शुशिल कोईरालाको अस्तु कालीगण्डकीमा सेलाएको छ ।
बेनीमा श्रद्धाञ्जली सभाको आयोजना गर्नुका साथै कालीगण्डी र म्याग्दी नदीको दोभानमा काठमाडौबाट ल्याइएको अस्तु सेलाइएको हो । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस र अन्य दलका नेता कार्यकर्ताहरुले स्वर्गीय कोईरालाको तस्वीरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
श्रद्धाञ्जली सभामा बोल्ने वत्ताहरुले स्वर्गीय कोईरालाले संबिधान जारी गर्न महत्वपूर्ण योगदान गर्नुभएको स्मरण गरेका थिए । कोईरालाको जिवनशैली, आचरण र ब्यवहार राजनितिकर्मीहरुका लागि उदाहरणीय भएको सहभागिको भनाई थियो ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि कुशुमाकर न्यौपाने, नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्रबहादुर खड्का, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत नेकपा माओवादीका राष्ट्रिय परिषद् सदस्य गोविन्द पौडेल, राप्रपा नेपालका अध्यक्ष पहलबहादुर केसी, राप्रपाका टोपबहादुर केसी र राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेस म्याग्दीका सभापति एवं सांसद रेशमबहादुर बानियाको अध्यक्षता र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला अधिवेशनका निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । कोईरालाको माघ २६ गते निधन भएको थियो । कोईरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न बेनी गरपालीका ६ नम्बर वडा कमिटिले संगमचोकमा शोक पुस्तीका पनि राखेको थियो । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्