एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन चैत १४ र १५ मा
विकल्प न्यूज/बेनी
फागुन ५ गते ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको पाँचौ जिल्ला सम्मेलन आगामी चैत १४ र १५ गते बेनीमा हुने भएको छ ।
संगठनका अध्यक्ष सोमनाथ ढुंगानाको अध्यक्षतामा बुधबार बेनीमा सम्पन्न विस्तारीत बैठकले सम्मेलनको तयारीका साथै विभिन्न बिभाग र जिम्मेवारी बाँडफाँड गरेको छ । सचिव होमनाथ पाण्डेको सञ्चालन, उपाध्यक्ष मनोज पौडेलको स्वागत, केन्द्रिय उपाध्यक्ष तथा ४ नम्बर प्रदेश ईञ्चार्ज स्थिरप्रसाद खनालको प्रमुख आतिथ्यता र एकिकृत नेकपा माओवादीका राष्ट्रिय परिषद् सदस्य गोविन्द पौडेलको बिशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
बैठकले शैक्षिक जागरण, रुपान्तरण र पुर्नगठन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको उपाध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमनाथ ढुंगानाको अध्यक्षतामा संगठन, कृष्णलाल सापकोटाको संयोजकत्वमा स्कुलीङ, होमनाथ पाण्डेको संयोजकत्वमा प्रकाशन र मनोज पौडेलको संयोजकत्वमा सूचना तथा जनसम्र्पक बिभाग गठन भएको छ ।

उच्चमावितर्फ मदन सुवेदी, निजीतर्फ भविन्द्र शेरपुञ्जा, विद्यालय कर्मचारीतर्फ नविन पुन, राहतमा देवराज सुवेदी, अस्थाईमा बालकृष्ण रेग्मी, बालविकासमा बिष्णु रोका, लेखामा ज्ञानेन्द्र सुवेदी, प्राबिधिकमा त्रिविक्रम सुवेदी, निवृतमा कृष्ण थापा र स्रोत केन्द्र बिभागको जिम्मेवारी बालकृष्ण पौडेललाई तोकेको छ । यसैगरी स्रोत केन्द्रहरुमा समेत जिम्मेवारी बाँडफाँड गरिएको संगठनले जनाएको छ ।
प्रकाश उच्च मावि स्रोत केन्द्रमा मुक्ति पौडेल, अर्जुन उच्च माविमा शिवकुमार केसी, मंगला उच्च माविमा गौदेवी पुन, जनप्रिय उच्च माविमा चुडामणी सापकोटा, हेम उच्च माविमा नेत्रलाल सुवेदी, जनविकास माविमा कृष्णलाल सापकोटा, अमर मावि पाखापानीमा मुक्तिनाथ खनाल, मुक्तिधाम उच्च मावि भगवतीमा लिलाबहादुर केसी, मुक्तिमार्ग उच्च माविमा कृष्ण शर्मा सापकोटा, सर्वोदय उच्च मावि भुरुङ तातोपानीमा सिमबहादुर पुन, आदर्श मावि रिमामा प्रदिप पुन र धौलागिरी मावि सिंगा स्रोत केन्द्रमा खड्गबहादुर पुनलाई संयोजक तोकीएको छ । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्