जगन्नाथ मन्दिरको विकास गर्न छलफल
प्रताप बानियाँ/विकल्प
म्याग्दी, फागनु ५ गते ।
म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा मङ्गलबार अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहित मन्दिरमा पुगेको टोलीले स्थानीयसँग अन्तत्र्रिmया गरेको हो ।
जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयले जिल्लास्थित सरोकारवालाहरुलाई जगन्नाथ मन्दिरको दिगो विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन माग गरेका थिए । उनीहरुले महायज्ञ लगाएर सङ्कलित रकमबाट मन्दिरको पुनर्निर्माण गरिएको बताउँदै जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र र आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पहल गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ पाठकले जगन्नाथ मन्दिर ऐतिहासिक महत्व बोकेको मन्दिरको रुपमा रहेकाले यसको प्रचारप्रसार गरी संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यक भएको बताएका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेल र नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले मन्तव्य राखेका थिए ।
मन्दिरको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखाल, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, जिल्ला अस्पतालका निमित्त प्रमुख डा. हेमा जोशी, रेडक्रस म्याग्दी शाखाका मन्त्री अमर बानियाँलगायतले अवलोकन गरेका थिए । जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता र सचिव निलकण्ठ शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको पौलस्त्य उच्च मावि भिरमुनीका शिक्षक शिव बानियाँले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्