बेनीमा मगर विद्यार्थीहरुले गरे प्रथम सहिद लखन थापाको सम्झना
विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २ गते । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले नेपालका प्रथम सहिद लखन थापाको १३९ औं स्मृति दिवस मनाएको छ । आइतवार साँझ विरेन्द्रचोक स्थित लखन थापा चौतारीमा दिप प्रज्वलन गरेर दिवस मनाएको हो । मगर विद्यार्थीहरुले लखन थापाको स्मृतिमा मैनवत्ति वालेर थापाको संझना गरेको मगर विद्याथी संघ म्याग्दीका अध्यक्ष देवेन्द्र फगामीले बताउनुभयो । नेपालका प्रथम सहिद थापालाई राज्यले उचित सम्मान दिन नसकेको फगामीले बताउनुभयो ।
स्मृति दिवसमा बोल्दै मगर विद्यार्थी संघका सचिव श्याम थापा मगरले सहिद थापाले निरंकुश राणा शासनविरुद्ध आन्दोलनको सुरुवात गरेको बताउनुभयो ।

सहिद थापाले निरंकुश शासनका विरुद्ध आन्दोलन गर्नुपरेका कारण मृत्युवरण गरेको बताउनुभयो । राज्यले उहाँको सम्मान गर्न नसकेको सचिव थापाको भनाई थियो ।

थापालाई राणा शासनको बिरोध गर्दा जंगबहादुरको ठाडो आदेशमा १३९ बर्षअघि फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुंकोटमा झुन्ड्याई मारिएको थियो । दिप प्रज्वलन कार्यक्रममा जिल्लाका मगर विद्यार्थीहरुको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्