गलेश्वर क्षेत्रमा म्याग्दी प्रहरीद्धारा सरसफाई
विकल्प न्यूज/बेनी
माघ २९ गते । म्याग्दी जिल्लाको बेनीनगरपालिका स्थित प्रशिद्ध धार्मिक क्षेत्र गलेश्वर धाममा म्याग्दी प्रहरीले सरसफाई गरेको छ । गलेश्वर क्षेत्रलाई सरसफाई युक्त बनाउनका लागि प्रहरीले सरसफाई अभियान चलाएको हो ।
प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुको नेतृत्वमा गएको टोलीले मन्दिर आसपासको क्षेत्रमा सरसफाई गरेको थियो ।
२७ जना प्रहरीको सहभागिता रहेको थियो ।

शान्ति सुरक्षा कायम गर्ने सक्रिय रहेको प्रहरीले नागरिक संगको सम्बन्धलाई समेत बलियो बनाउन बेलाबेलामा जनचेतनामुलक र ‘सरसफाई कार्यक्रम समेत गर्दैआइरहेको छ । शुक्रबार मन्दिर परिसरमा निर्मित राधाकृष्ण मन्दिरको उद्घाटन समेत रहेको छ ।

तस्विर सौजन्य जिल्ला प्रहरी कार्यालय म्याग्दी
प्रतिक्रिया राख्नुहोस्