सामूहिक बलात्कारपछि नेहाको हत्या भएको दाबी
पोखरा
नायिका योरुना पुन (नेहा) हत्याको अनुसन्धान फराकिलो पारि वैज्ञानिक रुपमा गरिनुपर्ने माग आफन्तले राखेका छन् । पोखरामा बुधवार पत्रकार सम्मेलन गरि नेहाका आफन्तले घट्ना प्रकृति अनुसार नेहाको हत्यामा धेरैको संलग्नता हुन सक्ने बताउँदै अनुसन्धान फारकिलो बनाएर वैज्ञानिक अनुसन्धान गरि हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गरेका हुन् ।
सोमवार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरि नेहाको हत्यामा संलग्न भएको अभियोगमा सतिश भनिने कृतन खड्गीलाई सार्वजनिक गरेको थियो ।
फोटो :फाइल फोटोघट्नाको प्रकृति हेर्दा नेहाको बलत्कार गरि अन्य धेरैको संलग्नतामा हत्या भएको हुन सक्ने बताउँदै घट्नाको वैज्ञानिकरुपमा अनुसन्धान गरि दोषीलाई कडा कारवाही गर्नुपर्ने माग आफन्तको छ ।
मृतकका मामा यमप्रसाद थजालीले हत्यामा धेरैको संलग्नता हुन सक्ने प्रशस्त आधार देखिए पनि प्रहरीले एक जनालाई मात्र सार्वजनिक गरेकोले घट्नाको गहिरो अनुसन्धान गरि दोषीलाई कडा कारवाही गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा पुन समाज नेपालका जिल्ला अध्यक्ष बलबहादुर पुनले घट्ना प्रकृित हेर्दा नेहाको सामूहिक बलत्कारपछि जघन्य हत्या भएको हुन सक्ने बताउँदै हत्याको वैज्ञानिक अनुसन्धानका लागि शान्तिपूर्ण दवावमुलक कार्यक्रम गरिने बताए ।
घट्नाले सम्पूर्ण पोखरेलीलाई झस्क्याएको बताउँदै उनले हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउन् भन्न प्रशासनलाई दवाव दिन बिहीवार शान्तिपूर्ण दवावमुलक ¥याली निकालिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान भइरहेकोले अनुसन्धानमा बाधा पुग्ने कार्यक्रम नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।
‘कोही पनि कानुन भन्दामाथि छैनन् । अनुसन्धान जारी छ’, प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले भने, ‘घट्नामा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइछाड्छौं ।’annapurnapost
प्रतिक्रिया राख्नुहोस्