घारका कृषकलाई कृतिम गर्भाधान सेवा सम्बन्धि अभिमुखीकरण
सन्तोष गौतम/बिकल्प
म्याग्दी २६ माघ ।
म्याग्दीको घारका कृषकहरुलाई मंगलबार कृतिम गर्भाधान सेवा सम्बन्धि अभिमुखीकरण गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा घार ५ स्थित हिमालयन चिज उत्पादन सहकारी संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले राज्यले कृषकलाई उपलब्ध गराउन सेवा सुबिधालाई छिटो छरितो तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय म्याग्दीका बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले चालु आर्थिक वर्षदेखि घारमा गाई, भैसीका लागि कृतिम गर्भाधान सेवा सुरु गर्न लागिएको जानकारी गराउनुभएको थियो ।
कृतिम गर्भाधान सेवा सुरु भएपछि स्थानीय जातका पशुको नश्ल सुधार गरि उत्पादकत्व वृद्धी गर्न र रागो, साढे पाल्नुपर्ने समस्याबाट मुक्ति पाउन सकिने चापागाईले बताउनुभयो ।

हिमालयन चिज उत्पादन सहकारीका ठाकुरप्रसाद बरुवालको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक प्रदिप गौतमको सञ्चालन र सहकारीका सचिव श्याम खड्काको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
चिज कारखानाको समेत अनुगमन गरेको टोलीलाई कृषकहरुले बजारीकरण, ढुवानी, प्राबिधिक सेवा र वित्तिय सुबिधाका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्