युवा लक्षित कार्यक्रममा छनौट भएका कृषकलाई तालीम
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ २५ गते ।
युवा लक्षित तरकारी खेती कार्यक्रममा छनौट भएका कृषकहरुका लागि बेनीमा तालीम सञ्चालन भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा आईतबारदेखि सुरु भएको तालीम मंगलबार सम्पन्न हुने जनाइएको छ ।
तालीममा युवा लक्षित तरकारी खेती कार्यक्रम अन्तरगत अनुदान पाउनका लागि छनौट भएका ६० जना कृषकहरुको सहभागिता रहेको छ । तालीममा मौसमी, बेमौसमी तरकारी खेती प्रबिधि, ब्यवसायीक योजना निर्माण, बजारीकरण, रोगकिरा ब्यवस्थापन लगायतका विषयमा प्राबिधिक ज्ञान सिप प्रदान गरिने जनाइएको छ ।
दुई समूहमा सञ्चालित तालीमको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, बागबानि विकास अधिकृत भोजबहादुर थापा, योजना अधिकृत ज्योती क्षेत्री, प्राबिधिक सहायक श्यामराज क्षेत्री लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ ।
युवा लक्षित तरकारी खेती कार्यक्रममा छनौट भएका ५० वर्ष सम्मका कृषकहरुले जिल्ला कृषि विकास कार्यालयबाट चालीस हजार रुपैयाका दरले दुई किस्तामा नगद अनुदान पाउनेछन् । अनुदान पाएका कृषकहरुले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती विस्तार गर्नुपर्ने ब्यवस्था रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्