अनेरास्ववियुका अध्यक्ष पौडेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
प्रताप बानियाँ
म्याग्दी, माघ २४ गते ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनेरास्ववियुको आसन्न २२औं राष्ट्रिय महाधिवेशनमा आफू केन्द्रीय सदस्यमा उठ्ने बताएका हुन् ।
अनेरास्ववियुको मातृ पार्टी नेकपा एमालेसँगको छलफल र अन्तत्र्रिmया तथा जिल्ला कमिटीको वैठकको निर्णयअनुसार अध्यक्ष पौडेललाई केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको अनेरास्ववियु म्याग्दीले जनाएको छ । अध्यक्ष पौडेलले आफूले अनेरास्ववियुको केन्द्रीय सदस्यमा साझा उम्मेदवारको तर्फदेखि उम्मेदवारी दिने बताए ।

आफू जिल्लाको अध्यक्ष भएदेखि म्याग्दीका विभिन्न विद्यालयहरुमा पुगेर रचनात्मक क्रियाकलापहरु गरेको, दुर्गम विद्यालय तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको उनले जानकारी दिए । यसैगरी नेपालमा गएको वैशाखमा आएको विनाशकारी भूकम्पले पारेको क्षतिको पुनर्निर्माणको अभियान थालनी गरेको र भारतीय नाकाबन्दीका विरुद्धमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन, विद्यार्थीलक्षित कार्यक्रमलगायतका साथै दर्जनौं गतिविधिहरु गरेको अध्यक्ष पौडेलको भनाई छ ।
यसैबीच अनेरास्ववियुको गत साउनमा काठमाडौंमा सम्पन्न विधान सम्मेलनका क्रममा देशैभरीमा रचनात्मक क्रियाकलापहरु गरी म्याग्दी अनेरास्ववियु देशकै सर्वोकृष्ट सङ्गठनका रुपमा घोषित भई सम्मानित भएको थियो । अनेरास्ववियुको यही माघ २७, २८ र २९ गते काठमाडौंमा २२ औं राष्ट्रिय महाधिवेशन हुन गैरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्