काँग्रेस अधिवेशन ः राजनीतिमा इमान्दार र लगनशिल नेता महत सभापतिका लागि चुनावी मैदानमा
विकल्प न्यूज/बेनी
माघ २२ गते ।
माघ २५ गते हुने नेपाली काँग्रेस म्याग्दीको छैठौ अधिवेशनमा सभापतिमा नेत्रबहादुर महतले उम्मेदवारीको घोषणा गर्नुभएको छ । सभापतिको उम्मेदवारी घोषणा गरेलगत्तै चुनावी प्रचारप्रसारमा जुटेका महत गाउँ र नगरबाट चयन भएको प्रतिनिधिहरूसंग भेटघाट सहित आगामी माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा आफ्नो विजय सुनिश्चित बनाउने अभियानमा हुनुहुन्छ । उहाँको उमेदवारी घोषणा पछि काँग्रेस संस्थापनमा अहिले राजनीतिक संकट आएको छ ।
इमान्दार छविका महत सभापतिका लागि चुनावी मैदानमा उत्रिएपछि अहिले संस्थापन पक्षमा चुनौती खडा भएको छ । संस्थापन पक्षले वर्तमान उपसभापति खम्बिर गर्बुजालाई अघि सारेपनि जित्ने आधारहरु कमजोर भएको काँग्रेसी नेताहरु बताउँछन् ।
प्रयाः जसो जिल्ला वाहिर वस्ने र मौका अनुसार जिल्लाको राजनीतिमा उदाउने आरोप लाग्ने गर्बुजालाई महत सँग प्रतिस्पर्धा गर्न कठिन हुने बताइएको छ । कुनै गुटका आधारमा नलिइ जिल्लाका इमान्दार र लगनशिल नेतालाई पाटी सभापति बनाउनुको कुनै विकल्प नभएको काँग्रेस युवा नेता विक्रम वोगटी बताउँछन् । महतको पक्षमा खुलेर प्रचारमा लागेका वोगटीले राजनीतिमा इमान्दार र लगनशिल नेता महतलाई कार्यकर्ताहरुले यसपाली मूल्याङकन गर्ने अपेक्षा व्यक्त गरे ।

२०३६ सालदेखी सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका महतले वि.पि कोइरालासंग गरेको पहिलो भेटमै काग्रेसको साधारण सदस्य लिनुभएको थियो । नेपाली काँग्रेस म्याग्दीमा पुराना, निष्ठावान र सक्रिय नेताको रुपमा चिनिने महतको पक्षमा काँग्रेसका कार्यकर्तामा लोकप्रिय मानिने चिरञ्जीवि शर्मा सहित पार्टीका विभिन्न जिम्मेबारीमा रहेका नेताहरूका साथै यूवाहरूको समर्थन रहेको छ ।
बहुदलीय ब्यवस्थालाई विजयी गराउने अभियान, लौहपुरुष गणेशमान सिंहलाई बहुदलको प्रचारप्रसारमा म्याग्दी ल्याउन, २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारलाई विजय, स्थानीय चुनावमा जनपक्षी उम्मेदवार प्रत्यास भएको अवस्थामा तत्कालिन निरंकुश पक्षधरबाट १४ दिन हिरासत, २०४७ सालमा जिल्लामा गठित पहिलो जिल्ला कार्यसमितिको सहसचिव, तरुणदल म्याग्दीको अध्यक्ष, तरुण केन्द्रिय सदस्य सहित पार्टीको विभिन्न जिम्मेबारी निर्वाह गर्दै महत पार्टीमा देउवा पक्षका रुपमा चिनिनुहुन्छ । लामो समयदेखि पार्टीमा सक्रिय महत माओवादी द्धन्द्धकालमा समेत माओवादीको प्रमुख निसानीमा पर्नुभएको थियो ।
माओवादीले ०६० सालमा म्याग्दी आक्रमणमा तीनतले घरजलाइ दिएपनि माओवादीको ज्यादती विरुद्ध खुलेरै बहस गर्ने काँग्रेसमा चिनिने महत काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिको जिम्मेबारी समेत समाल्नुभएको थियो । ‘धेरै पटक मैले सहमतिमै पार्टीको नेतृत्व छोडेको छु । यसपटक मेरो पक्षमै सर्वसम्मति हुनेछ’ महतले भन्नुभयो । पार्टी संचालनका लागि आफुँले योजना समेत बनाएको बताउँदै बेनी नगरपालिका र ३५ गाविसबाट आएका अधिकांस प्रतिनिधिहरूले आफुँलाई नेतृत्वमा चाहेको समेत उहाँको दावी छ ।
नेता महतले विद्यार्थी, यूवा, सामाजिक क्षेत्रमा समेत लामो अनुभव भएकाले पार्टी सञ्चालनमा सहज हुने बताउनुभयो ।
सभापतिको घोषणा गरेपछि उहाँले धेरै गाविसमा पुगेरै चुनावी अभियान गरेपछि जिल्लामा केही नेताले पार्टीको निति विपरित भन्दै आलोचना समेत गरेका थिए । पार्टीलाई केही ब्यक्तिको पहुँचबाट दुर्गमक्षेत्रमा रहेका कार्यकर्तासम्म पु¥याउने गरी काम गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ । अधिवेशनमा वर्तमान उपसभापतिले खम्बीर गर्बुजाले उम्मेदवारी घोषणा गर्नुभएको छ । जनजाति नेताहरुको समर्थन भएपनि गर्बुजालाई सभापतिमा जित्न हम्मेहम्मे पर्ने देखिन्छ । लामो राजनीतिक पृष्ठभूमि भएका महतलाई हराउन गर्बुजालाई कठिन हुने काँग्रेस निकटहरु बताउँछन् ।
यस्तो छ सभापतिका उम्मेदवार नेत्रबहादुर महतको राजनीतिक जिवनी
वि.सं. २०३६ सालदेखि सक्रिय राजनीतिमा प्रवेश वि.पि. कोइरालासँग पहिलो भेट र कुराकानी नेपाली कांग्रेसको साधारण सदस्यता
बहुदलीय व्यवस्थालाई विजयी गराउने अभियानमा सक्रिय भूमिका निर्वाह केन्द्र र अञ्चल स्तरीय कार्यक्रम काठमाडौं, पोखरा, बाग्लुङ्ग र पर्वतमा सहभागी
लौहपुरुष गणेशमान सिंहलाई बहुदलको प्रचारमा बलेवा एयरपोर्टदेखि बाग्लुङ्ग, म्याग्दी र पर्वतको कुश्माको कार्यक्रममा ल्याउने पु¥याउने टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
बहुदलीय व्यवस्थाको पक्षमा प्रचार प्रसार तथा आमसभाका कार्यक्रमहरुमा प्रायः सबै गा.वि.स.का कार्यक्रमहरुमा सहभागी तथा कार्यक्रम सञ्चालन गरेको।
२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारलाई विजयी गराउन सक्रिय ।
वि.सं. २०३९ सालमा स्थानीय चुनावमा र रत्नेचौर गा.प.प.प. जनपक्षी उम्मेदवार प्रत्यासी भएको तत्कालीन निरंकुशको पक्षधरबाट झुठ्ठा सार्वजनिक ट) मुद्दा लगाई १४ दिन प्रहरी हिरासतमा बसेको ।
वि.सं. २०४२ सालको सत्याग्रह कार्यक्रमलाई सहयोग गरेको ।
वि.सं. २०४३ रा.पं.स. चुनावमा जनपक्षीय उम्मेदवारको पक्षमा सक्रिय रहँदा निरंकुश शासकका पक्षधरहरुबाट सांघातिक आक्रमण भै घाइते भएको ।
वि.सं. २०४६ को बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय ।
वि.सं. २०४७ सालमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलद्वारा गठित पहिलो जिल्ला कार्य समितिको सहसचिवमा चयन ।
वि.सं. २०४८ देखि वर्तमानसम्म (२०५२–०५३ को अधिवेशन बाहेक) महाधिवेशन र महासमिति प्रतिनिधि रहेको ।
वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा पार्टीको उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सहयोग ।
वि.सं. २०४९ सालको स्थानीय चुनावमा तत्कालीन रत्नेचौर गा.वि.स.बाट गा.वि.स.अध्यक्षमा निर्वा्चित ।
वि.सं. २०५१ को संसदीय निर्वाचनमा उम्मेदवारको पक्षमा प्रचारप्रसार सक्रिय ।
वि.सं. २०५३ को औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिमा प्रत्यासी ।
वि.सं. २०५४ को स्थानीय निर्वाचनमा इलाका सदस्यमा प्रत्यासी र नेपाल तरुण दल म्याग्दीको जिल्ला अूध्यक्षमा चयन ६ महिनाभित्र जिल्लाका ४१वटै गा.वि.स.मा समिति गठन तथा संगठन बिस्तार ।
वि.सं. २०५७ मा गरिबसँग विश्वेश्वर कार्यक्रममा जिल्ला अध्यक्षमा चयन पिप्ले गा.वि.स. प्रभावकारी कार्यक्रम ।
वि.सं. २०५९ मा शेरबहादुर देउवामाथि भएको पार्टी निष्कासन कार्य अन्यायपूर्ण ठहर गरी उनको पक्षमा लागेको र पार्टी विभाजनमा पश्चात् ने.का.प्र.को जिल्ला सभापति पदमा रहेको ।
वि.सं. २०६० सालमा तत्कालीन विद्रोही पक्षबाट बेनी आक्रमणको क्रममा बेनीबजार स्थित तीन तले घर जली ध्वस्त भएको ।
वि.सं. २०५८ देखि २०६१ सम्म नेपाल तरुण दलको केन्द्रिय सदस्य पदमा रही काम गरेको ।
वि.सं. २०६४ र २०७० को संविधान सभा सदस्य पदमा उम्मेदवारी दाबी तथा पार्टीबाट ३ जनामा सिफारिस पार्टी निर्णयपश्चात् उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सक्रिय ।
वि.सं. २०६६ देखि हालसम्म स्थानीय शान्ति समितिका संयोजक तथा सदस्य पदमा रही सक्रिय भूमिका निर्वाह गरेको ।
वि.सं. २०६८ देखि २०७१ सम्म भानु उच्च मा.वि. रत्नेचौरको संयोजक पदमा रही काम गरेको ।
वि.सं. २०७१ देखि म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिमा सदस्य पदमा कार्यरत ।
वि.सं. २०६७ देखि हालसम्म परम वैदिक सनातन धार्मिक आश्रम रत्नेचौरको अध्यक्षमा कार्यरत ।

प्रतिक्रिया राख्नुहोस्