बालीकालाई बलात्कार गरि फरार भएका बिक पक्राउ
विकल्प न्यूज
म्याग्दी,माघ १९ गते ।
सात वर्षिया बालीकालाई बलात्कार गरि फरार एक व्यक्तीलाई प्रहरीले मंगलबार पोखराबाट पक्राउ गरेको छ ।
कुहुँ १ मा माघ १२ गते साँझ ५ बजेको समयमा बालीकालाई बलात्कार गरेको आरोप लागेका झिँ ९ का ३८ वर्षिय कुमार भनिने आईतबहादुर बिकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै फरार भएका बिकलाई मोवाईल ट्यागीङ प्रबिधिको प्रयोग गरेर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी नायव निरिक्षक हिराबहादुर थापाको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
बिकको विरुद्धमा सोमबार किटानी जाहेरी परेको छ । पीडित बालीकाको उपचार भैरहेको छ । यसैगरी बेनी नगरपालीका ४ बगरफाँटमा मोटरसाईकलमा आगजनी गर्ने घटनामा संलग्न एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
हरि किसानको ग ३ प ७५७५ नम्बरको मोटरसाईकलमा आगजनी गर्ने मराङ ७ घर भई हाल बेनी बस्ने रेशम जुक्जालीलाई पक्राउ गरि अनुसन्धान थालीएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्