आयोजकको पोल्टामा बेनी बोडीङ कप
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १६ गते ।
म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न अन्तर निमावी जिल्ला स्तरीय पाचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ ।
बेनी आवासिय माविको जुरेसले विद्यालयको रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाईनलमा माउन्ट एभरेष्ट आवाशिय उच्च माविलाई दुईका विरुद्ध तिन गोल गर्दै आयोजकको टोली बिजयी भएको हो ।
बेनी बोडीङलाई बिजयी गराउन विश्वास शेरचनले दुई र भरत श्रीपालीले एक गोल गरेका थिए । यसैगरी दितृय बनेको माउन्टको तर्फबाट युक्यान गौचन र सज्जन सापकोटाले एकएक गोल गरे । बिजेता र उपबिजेताले नगद १३ हजार र आठ हजार रुपैयाँ सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा माउन्टका धनबहादुर छन्त्याल उत्कृष्ट गोलरक्षक, बेनी आवासीय माविका रोमन श्रीस उत्कृष्ट मिडफिल्डर, सोही विद्यालयका विकास छन्त्याल उत्कृष्ट फिडेन्डर र देवस छन्त्याल उत्कृष्ट खेलाडीको पुरस्कृत भएका छन् ।

तिन दिनसम्म सञ्चालित १४ विद्यालय सहभागि प्रतियोगितामा बुद्ध एकेडेमी अनुशासित टिम बनेको छ । विद्यालयका संस्थापक समेत रहनुभएका सांसद रेशमबहादुर बानिया, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार बिक, उपाध्यक्ष सोभन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । जुरेस सभापति सन्देश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शिक्षक राजु भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्