म्याग्दी क्याम्पसको शूल्क वृद्धी तत्काल फिर्ता गर ः विद्यार्थी संगठन
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १४ गते ।
म्याग्दी बहुमुखी क्याम्पसले गरेको शूल्क वृद्धीको बिरुद्धमा विद्यार्थी संगठनहरु आन्दोलीत भएका छन् ।
क्याम्पसमा क्रियाशिल काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववीयु र एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शुल्क फिर्ता लिन माग गर्दै छुट्टा, छुट्टै बिरोधका कार्यक्रम गरेका छन् ।
नेविसंघ क्याम्पस ईकाई सभापति निर्मल खत्रीले बिहीबार एक प्रेस विज्ञप्ती प्रकाशन गरि नाकाबन्दी, ईन्धन अभाव र महँगीको मारमा परेका विद्यार्थीलाई मर्कापर्ने गरी भएको शूल्कवृद्धी फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
अनेरास्वीयु क्याम्पस ईकाई समितिले क्याम्पस परिसरमा आयोजना गरेको बिरोध सभामा विद्यार्थी नेता ईश्वर सुवेदी, खगेन्द्र घर्ती र सावित्री केसीले विभिन्न शिर्षकमा शूल्क वृद्धी गर्ने विषयको निर्णय अन्यायपूर्ण भएको भन्दै तत्काल फिर्ता लिन सञ्चालक समिति र क्याम्पस प्रशासनसंग माग गर्नुभयो ।
अखिल क्रान्तिकारीका क्याम्पस ईकाई समिति उपाध्यक्ष रसीला बस्नेत, सचिव सन्दिप निउरे लगायतको टोलीले क्याम्पस प्रमुख टिकाराम सापकोटालाई ज्ञापनपत्र बुझाउदै क्याम्पसको घाटापुर्तीको भार विद्यार्थीमा नथोपर्ने माग गर्दै तिन दिन भित्रमा निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
क्याम्पसले भर्ना शूलक, क्याम्पस संचालन, खेलकुद, विद्यार्थी कल्याण कोष लगायतका शिर्षकमा साविक भन्दा एक हजार आठ सय रुपैया सम्म बढी शूल्क बढाएको विद्यार्थी नेताहरुले बताएका छन् । क्याम्पस प्रमुख सापकोटाले भने अघिल्लो वर्षनै सञ्चालक समिति, प्रशासन र विद्यार्थी संगठनबिच भएको सहमति अनुसार शूल्क वृद्धी गरेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्