म्याग्दीमा नेकपा माओवादीद्धारा जनपरिषद् गठन
विकल्प न्यूज /बेनी
माघ १४ गते । नेक्रबिक्रम चन्द् नेतृत्वको नेकपा माओवादीले म्याग्दीमा शसत्र युद्धकालको जस्तै जनप्रतिनिधिसभा र जनपरिषद् गठन गरेको छ ।
सो पार्टीको बिहीबार बेनीमा बसेको बैठकले लालु किसान (आकाश)को प्रमुख रहनुभएको १९ सदस्यीय जनपरिषद् र ६९ सदस्यीय जनप्रतिनिधिसभा गठन गरेको हो । जनपरिषद्को उपप्रमुखका शिवकुमार श्रेष्ठ र अन्य पदाधीकारीमा पुर्व सभाषद् गमबहादुर श्रीस लगायतका नेताहरु रहनुभएको छ ।
नगरपालीका र गाविस तहसम्म जनपरिषद् विस्तार गरिने प्रमुख किसानले जानकारी दिनुभयो । उहाँका अनुसार दलाल, भ्रष्ट्राचारी, सुदखोर, कालाबजारी, फटाहबाट जनतालाई मुक्त बनाउन जनपरिषद्ले शशक्त भुमिका निर्वाह गर्ने निर्णय भएको छ ।
जनताको सुरक्षा र सेवाका लागि गठन भएको जनपरिषद्लाई सहयोग गर्न सो पार्टीले अपिल गरेको छ । युद्धकालमा माओवादीले जनपरिषद् मार्फत संगठनात्मकको साथै प्रशासनीक र न्यायीक गतिबिधि गरेको थियो । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्