म्याग्दीमा दादुरा रुवेला बिरुद्धको खोप अभियान
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १४ गते ।
म्याग्दीका साढे नौ हजार जना भन्दा बढी बालबालीकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने तयारी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा दादुरा र रुवेला रोग लाग्नबाट बचाउन यहि माघ २४ देखि फागुन ३ गतेसम्म खोप लगाउने अभियान सञ्चालन गरीने जानकारी गराएको हो ।
अभियानको क्रममा प्रत्येक वडामा रहने खोप केन्द्र र स्वास्थ्य संस्था मार्फत नौ महिनादेखि १५ वर्ष उमेर समूहका नौ हजार पाँच सय ३० जना बालबालीकालाई खोप लगाईने जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले जानकारी दिनुभयो ।
उक्त अवसरमा थप ११ हजार ५७७ जनालाई पोलीयो विरुद्धको खोप पनि लगाउने कार्यालयले जनाएको छ । अभियानका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेवीका र स्वमसेवक गरि जिल्लाभर करिब एक हजार पाँच सय जना जनशक्ति परिचालन गरिने भएको छ ।
कार्यक्रम सञ्चालन गर्न २४ लाख रुपैया बजेट खर्च हुने स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा रुबेला रोग बिरुद्ध थप प्रतिरोधात्मक शक्ति प्रदान गर्नका लागि खोप अनिवार्य लगाउनुपर्ने जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो ।
जिल्ला खोप अधिकृत गंगाधर पण्डीतले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखाल र स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले जिल्ला देखि बस्ती तहसम्म सरोकारवालासंग समन्वय र समुदायको सहभागितामा अभियानलाई सफल बनाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्