खाजाखर्चबाट शैक्षिक सामाग्रि
अगन्धर तिवारी/विकल्प
पर्वत, माघ १० गते ।
पर्वत–यहा“का केहि यूवाहरुको समुहले आफूले खाजा खाने पैसा जोगाएर सामाजिक क्षेत्रमा सहयोग गर्ने अभियान नै सञ्चालन गरेका छन् । स्थानीय रोट्¥याक्ट क्लव अफ पर्वतमा आवद्द १८ देखि ३० वर्ष उमेरका यूवाहरुले हरेक दिन आफूले खाने खाजा बापतको रकम जोगाएर सामाजिक काममा लगाउ“दै आइरहेका हुन् ।
पछिल्लो तीन महिना क्लवमा आवद्ध यूवाहरुले जोगाएको ६० हजार रकमबाट आइतबार आर्थरस्थीत शुभकल्याण निमाविमा शैक्षिक सामाग्रि बितरण गरेका हुन् । विद्यँलयको ५५ औं वार्षिकोत्सवको अवसरमा विद्यँलयमा ९ वटा ह्वाइट बोर्ड, ६० जना विद्यार्थीहरुलाई झोला, ड्रेस, सरसफाइका सामाग्रि र दुइवटा डस्टविन बितरण गरिएको हो । ‘यो कुनै दाताले दिएको रकमबाट सहयोग गरिएको होइन,’ क्लवका अध्यक्ष सन्तोषराज पौडेलले भने, ‘हामी क्लवका साथीहरुले खाजामा हुने खर्च बचत गरेर यि सामान ल्याएका हौं ।’ उनले यसअघि पनि बिभिन्न विद्यालयमा शैक्ष्ँिक, सरसफाइका सामाग्रि लगायतका सामान यसरी नै बितरण गर्दै आइरहेको बताए । विगत २ वर्षदेखि क्लवले खाजाखर्च बापत हरेक महिना २० हजार रुपैया“ जोगाएर विभिन्न विद्यँलय, स्वास्थ्य संस्था लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

विद्यालयमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै शिक्षा अधिकारी रमेशराज पौडेलले सामुदायिक विद्यँलयमा अध्यापनरता शिक्षकहरुले आफ्नो दक्ष्ँतालाई पुर्ण पालना नगर्दा शैक्षिक गुणस्तर खस्किएको भन्दै युग सुहाउ“दो शिक्षा सञ्चालन नभए अब गाउ“का सामुदायिक विद्यालय रित्तिन सक्ने चेतावनी दिए । ‘अहिले टेक्नोलोजिको जमाना हो,’ उनले भने, ‘तपाईंहरु अझै पनि २० वर्ष अगाडी आफूले पढेको पारामा पढाउनुहुन्छ ।’ सबै गाउ“मा विद्युत र इन्टरनेटको सुविधा भएकोले अब प्रँथमिक तहदेखि नै प्रविधिमा आधारित शिक्षामा जोड दिनुपर्ने उनले बताए ।
विद्यालयका प्रधानअध्यापक सुरेन्द्र शर्मँ गौतमले शैक्षिक सामाग्रिको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र प्राथमिक तहका विद्यँर्थीहरुलाई विद्यालयमा आउन उत्प्रेरित गर्ने बताए । केहि हुनेखानेका छोराछोरी सबै शहरबजारका नीजि विद्यँलयमा अध्ययन गर्न थालेको भन्दै कतिपय बालबालिका ड्रेस र कापीकलमकै अभावमा पढ्न आउन नसक्ने स्थीति रहेको बताए । सरकारले आगामी दुई वर्षभित्र पुर्ण साक्षर अभियान सञ्चालन गर्नुपुर्व बिपन्न बालबालिकाहरुलाई शैक्ष्ँिक सामाग्रिहरुको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । कार्यक्रमका अवसरमा रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, रोट्¥याक्ट क्वल अफ पर्वतका उपाध्यक्ष मिलन पौडेल, कार्यक्रम संयोजक गणेश पौडेल, सचेतक उत्तम केसी लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्