गोलाप्रथाबाट पाँच चरणमा १८ सय आधा सिलीण्डर ग्यास वितरण
सन्तोष गौतम \विकल्प
म्याग्दी,माघ ८ गते ।
बेनीका उपभोक्ताहरुलाई पाँच चरणमा गोला प्रथाबाट एक हजार आठ सय सिलीण्डर खाना पकाउने ग्यास वितरण गरिएको छ ।
शुक्रबार वितरण गरिएको सहित पाँच चरणमा गोलाप्रथाबाट हालसम्म उपभोक्ता छनौट गरेर एक हजार ८०० जनालाई ग्यास वितरण गरिएको र शनिबार थप चार सय ५० सिलीण्डर वितरण गर्ने योजना रहेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । मधेशमा जारी आन्दोलन र नाकाबन्दीका कारण सहज रुपमा ग्यास आपूर्ती हुन नसकेपछि माग भन्दा पुर्ती कम भएकाले गत मंसिरदेखि आधा सिलीण्डर ग्याँस वितरण गर्न गोला प्रथा अपनाइएको थियो ।
तिन हजार ३०० जना उपभोक्ताले परिचयपत्र बनाएका मध्य शनिबारसम्म दुई हजार २५० जनाले ग्याँस पाउने म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार बिहान ११ बजेसम्म तिन सय ५० शक्ति कम्पनीको ग्याँस वितरण भैरहेको छ ।
शक्ति वितरण गरेपछि गृहलक्ष्मी कम्पनीको सिलीण्डर वितरण गर्ने योजना रहेको छ । जिल्ला प्रहरी कार्यालय परिसरबाट हालसम्म सात सय आधा सिलीण्डर शक्ति र एक हजार एक सय आधा सिलीण्डर गृहलक्ष्मी कम्पनीको ग्यास वितरण गरिएको दितृय उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्