भुरुङ्ग–तातोपानीमा ईन्टरनेट सेवा विस्तार
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ८ गते ।
म्याग्दीको प्रमुख पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा ईन्टरनेट सेवा जडान गरिएको छ ।
जिल्ला सदरमुकाम बेनी देखि करिब २३ किलोमिटर उत्तरतर्फ अवस्थित तातोपानीमा म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले फाईवर मार्फत ईन्टरनेट सेवा विस्तार गरेको हो ।
ग्रामिण क्षेत्रमा पर्ने भुरुङ्ग–तातोपानीमा ईन्टरनेट सुबिधा भएपछि आन्तरीक तथा बाह्य पर्यटक, स्थानीयबासी र होटल व्यवसायीहरु लाभान्वित हुने संस्थाका प्राबिधिक बामदेव रिजालले बताउनुभयो ।
केही दिनका लागि तातोपानी बजारमा परिक्षणका लागि निशूल्क वाईफाई ईन्टरनेट सुबिधा उपलब्ध गराइएको छ । ईन्टरनेट सुबिधा भएपछि सूचना आदानप्रदान र देश बिदेशमा सञ्चार सम्बन्ध स्थापित गर्न सहज हुने जनाइएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने भुरुङ्ग तातोपानी पर्यटकहरुका लागि विश्राम स्थलको रुपमा परिचित छ । जमिन भित्रबाट निस्कने ५० डिग्री सेल्सीयस प्राकृतिक तातोपानीलाई संकलन गरेर बनाइएको तलाउमा स्नान गर्न मुस्ताङ जाने आउने पर्यटकहरुको भिड लाग्ने गर्छ ।
उक्त तलाउमा स्नान गर्दा थकाई मेटिने र विश्राम मिल्ने पदयात्रीहरुको अनुभव छ । भुरुङ्ग तातोपानीमा वार्षिक ५० हजार जनाको अनुपातमा आन्तरीक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्