महिला उद्यमी अभिप्रेरणा अभियानमा म्याग्दीबाट राधिका सापकोटा सिफारिस
विकल्प न्यूज /बेनी
माघ ८ गते ।
डेढदशक देखी ब्यवसायमा सक्रिय राधिका सापकोटा उत्कृष्ट उद्यमीमा म्याग्दीबाट छनौट भएकी छन् । म्याग्दीको सदरमुकाम बेनीमा सवारीसाधनको पार्टपुर्जा, मर्मत सहित विक्री वितरण गरिरहेको लक्ष्मी इन्जिनियरिङकी संचालिका समेत रहेकी सापकोटा उद्यमशिलताको क्षेत्रमा सक्रिय रहेको केएर नेपालले गरेको ‘एक महिलाको सफलता अर्को महिलालाई प्रेरणा’ नामक प्रस्तिपर्धामा सापकोटा म्याग्दीबाट सिफारिसमा परेकी हुन् ।
घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले गत माघ ३ गतेको जिल्लाभर रहेका ७ सय ९२ उद्योगीहरू उत्कृष्ट उद्यमीका रुपमा छनौट गरी सम्मानका लागि सिफारिस गरेको अध्यक्ष लिलाराम गौतमले बताए । ‘उहाँ एक सफल उद्यमी हो, ब्यवसायमा संघर्ष र सफलता दुवै प्राप्त गर्नुभएको छ’ गौतमले भने । बर्षौदेखी एउटै ब्यवसायलाई निरन्तरता दिएर महिलाले समेत सफलतापुर्वक ब्यवसाय संचालन गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गर्न सफल सापकोटा जस्तै महिला उद्यमीको जिल्लामा आवश्यकता रहेको समेत उनले बताए ।
जिल्लाको बरंजा– ३ खर्क स्थायी भएकी सापकोटाले संचालन गरेको इन्जिनियरिङकी जिल्लाकै पुरानो मानिन्छ । देशभरबाट विभिन्न असहज परिस्थिती र चुनौतीहरुलाई समेत पार गर्दै ब्यवसायमा स्थापित हुन सफल महिला उद्यमीलाई छनौट गरी संघर्षपूर्ण सफलतालाई अन्य महिलालाई समेत आत्मनिर्भर बनाउने अभियानमा सहभागिता बनाउने उदेश्यलदे केएर नेपाल छनौट गरी सम्मान गर्ने गरेको छ । घरेलु तथा साना उद्योग महासंघकी केन्द्रिय सदस्य समेत रहेकी सापकोटाले तत्कालिन माओवादी र राज्यपक्षको द्धन्द्धले धरापमा परेको ब्यवसायलाई समेत निरन्तर संचालन गरेकी थिईन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तरगतको महिल उद्यम विकास समितिकी कार्यसमिति सदस्य समेत रहेकी सापकोटाले आफ्नो उद्योगबाट १३ जनालाई रोजगारी समेत दिएकी छन् । नेपाल सरकार उद्योग मन्त्रालयबाट समेत सम्मानित भएकी सापकोटाले जिल्लाबाट सम्मानका लागि सिफारिस भएकोमा उत्साहित भएको बताईन् । ‘मेरो संर्घष नै सफलता हो, अझै ब्यवसाय गर्न चूनौती छ भन्नेलाई देखाउने प्रयास गरिरहेको छु’ उनले भनिन् । पछिल्लो केहीबर्ष यता जिल्लामा महिला उद्यमीको संख्या बढेको छ । सरकारी तथा गैरसरकारी संस्थाले समेत महिला उद्यमीलाई प्राथमिकतामा राखेका छन् । हरिकृष्ण गौतम
प्रतिक्रिया राख्नुहोस्