म्याग्दी काँग्रेसमा उम्मेद्वारी घोषणा गरेका दुई युवालाई समर्थनको लहर
विकल्प न्यूज /बेनी
माघ ७ गते । आसन्न महाधिबेशनका लागि महाधिबेशन प्रतिनिधिका रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका नेविसंघ म्याग्दीका पुर्व सभापति धनबहादुर छन्त्याल र बाहालवाला सभापति भरत रकाललाई समर्थन गर्ने लहर चलेको छ ।
काँग्रेस निकट नेपाल महिला संघ म्याग्दीले छन्त्याल र रकालको उम्मेदवारीलाई पूर्ण समर्थन गर्ने सभापति विमला गौचनले बताउनुभयो । उहाँले जुझारु युवाहरुलाई जिताउन महिला संघको पूर्ण समर्थन रहेको जानकारी दिनुभएको छ ।
छन्त्यालले समावेशी अन्तरगत अल्पसंख्यक र रकालले खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधि पदका लागि बुधवार पत्रकार सम्मेलन गरी घोषण गरेका हुन ।
उहाँले नेपाली काँग्रेसको १३ औ महाधिवेशन मार्फत चयन हुने नेतृत्वलाई युवामैत्री, समावेशी, बैचारीक रुपमा योग्य बनाउनका लागि आफूहरु प्रतिनिधि बन्न लागेको बताउनुभएको छ । उम्मेदवारी घोषणा गरेका छन्त्याल र रकालले कुनै पनि हालत पछि नहट्ने उद्घोष समेत गर्नुभएको छ । उनीहरुको घोषणाले काँग्रेस म्याग्दीमा रहेका पहिला पुस्ताका नेताहरुमा यतिखेर हलचल मच्चिएको छ । गाउँ गाउँबाट युवाहरुलाई समर्थन गर्ने वातावरण तयार हुँदै गएको छन्त्यालले बताउनुभयो । हाम्रो जित सुनिश्चित भइसकेको छ,छन्त्यालले भन्नुभयो‘ काँग्रेस अव पुरानो नेतृत्वबाट चल्न सक्दैन । युवाहरु नेतृत्वमा आउनुपर्दछ ।’
नेपाली काँग्रेसको यही माघ १५ गते गाउँ, २५ गते जिल्ला अधिवेशन हुदैछ् । नेपाली काँग्रेस म्याग्दीको सभापतिका लागि वर्तमान सभापति तथा सांसद रेशमबहादुर बानियाँ, उपसभापति खम्बीर गर्बुजा र महासमिति सदस्य नेत्रबहादुर महत आकांक्षि देखिनुभएको छ । बर्तमान सभापति बानियाँको कार्यकतामा बलियो पकट रहेको छ । सभापतिमा त्रि पक्षीय भिडन्त भने पनि आखिर अन्तिममा आएर सभापतिपदमा वानियाँकै पक्षमा सर्वसम्मत हुने एक जिल्ला सदस्यले दावी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्