यि हुन बेनीका जागरिला युवा जसले सामुहिक कृषि फर्म स्थापना गरे
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ७ गते ।
बेनी नगरपालीका ७ एक्लेखोरीयामा युवाहरुले रु. बाईस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् ।
बेनी बजारमा विभिन्न पेशा, ब्यवसाय गर्दै आएका चार जना युवाहरुले कुखुरा र बाख्रापालन गर्ने उद्देश्यले ‘हाम्रो कृषि फार्म’ स्थापना गरेका हुन् । स्वरोजगार बनि स्थानीय बजारमा स्वस्थ्य मासु आपूतीृ गराउने उद्देश्यले स्थापना भएको फार्ममा पुर्वाधार निर्माणका लागि हालसम्म रु. २२ लाख लगानी भएको सञ्चालक सन्दिप श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठ, दिलबहादुर चर्माकार, मनबिर पुन र सन्तोष श्रेष्ठ मिलेर फार्म स्थापना गरेका हुन् । मनबिर र सन्तोष जागीरे हुन भने चर्माकार खेलाडी तथा सन्दिप ब्यवसायी हुन् । उनिहरुले वार्षिक रु. १० हजार भाडामा १३ रोपनी पाखो भाडामा लिएर त्यहाँ पुर्वाधार निर्माण गरेर कृषि फार्म चलाएका छन् ।
पाँच हजार वटा कुखुरा पाल्न सकिने दुई वटा खोर तयार भैसकेको छ । दुई सय क्षमत्ताको बाख्राको खोर निर्माणकार्य असी प्रतिशत सकिएको छ । पहिलो चरणमा एक हजार पाँच सय कुखुरा बेचेर रु. दुई लाख आम्दानी गरिसकेको उनिहरुको फर्ममा अहिले ३७ वटा स्थानीय जमुनापारी जातका बाख्रा छन् ।
बाख्रासंगै दूध उत्पादनका लागि भैसी पनि पाल्ने योजना रहेको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । बाख्रा र भैसीका लागि आहरा आपुर्ती गराउन रायखनीउ, बडहर, ईपिल, ईपील, नेपीयर लगायत जातका घाँस खेती पनि गरीएको छ । छिट्टै पाँच हजार कुखुराको चल्ला र बोयर, सिनाल लगायत जातका बाख्रा थप गर्न लागिएको सञ्चालक डिलबहादुर चर्माकारले बताउनुभयो ।
उनिहरुले फार्ममा उत्पादीत कुखुरा र खसीबोका मासुका लागि बेनी तथा छिमेकी मुस्ताङ जिल्लामा आपुर्ती गराउने योजना बनाएका छन् । फार्ममा चार जना सञ्चालक र दुई जना मजदुर गरि छ जनाले रोजगार पाएका छन् । मंगलबार उक्त फार्मको अवलोकन गर्नुभएकी पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले ब्यवसायीक पशुपालनको माध्यमबाट रोजगारी सृजना र आर्थिक विकास गर्न युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया राख्नुहोस्