घोडेपानीमा हिमपात(फोटो)
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ६ गते ।
म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा बुधबार दिउँसोदेखि भारी हिमपात भएको छ ।
बर्षासंगै घोडेपानीमा हिमपात भएको त्यहाँ स्थित पर्यटक प्रहरी कार्यालयले जनाएको छ । साँझसम्म चार ईञ्च बाक्लो हिउँ परेको कार्यालयका ईञ्जार्च प्रहरी सहायक निरीक्षक शुशिल रेग्मीले बताउनुभयो । घोडेपानीका बासिन्दाहरु घरभित्रै आगो तापेर बसेका छन् ।
हिउँ परेपछि चिसो बढेपनि भ्रमणमा क्रममा घोडेपानी पुगेका आन्तरीक तथा बाह्य पर्यटक भने उत्साहीत भएका छन् । घोडेपानीमा रहेका पर्यटकहरु सुरक्षित रहेका जनाइएको छ । समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानीका साथै पुनहिल, मोहरेडाँडा, खोप्रा लगायत उच्च स्थानमा रहेका पर्यटकीय स्थलमा पनि हिमपात भएको छ ।




प्रतिक्रिया राख्नुहोस्