ताजा समाचार:
Search

बेनीको मेलामा स्थानीय उत्पादनका स्टल(फोटो)

विकल्प न्यूज/बेनी
माघ १ गते । म्याग्दीका महिला उद्यमीहरुले आयोजना गरेको माघे संक्रान्ति मेलामा स्थानीय उत्पादनका स्टलहरु राखिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिले दुइ दिने मेलाको आयोजना गरेको छ । मेलामा महिला उद्यमीहरुलाई प्रोत्साह र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्नका लागि स्टलहरु राखिएको आयोजकले जनाएका छन् । तस्विर ठाकुरप्रसाद आचार्य