दौडमा पहिलो
विकल्प न्यूज/बेनी
पुस २६ गते ।
धौलागिरि गाउँपालिका ७ सिवाङमा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन १५ सय मिटरको छात्र तर्फको दौडमा हेम मावि सिवाङका श्याम छन्त्याल प्रथम,धनजनता मावि मुनाका भुवन मल्ल दोस्रो र किसानी मावि धारापानीका शिखर थापा तेस्रो भएका छन् । 
छात्रा तर्फ हेम मावि सिवाङकी रिता भण्डारी प्रथम,धनजनता मावि मुनाकी सविना मल्ल दोस्रो र जनकल्याण मावि गुर्जाकी शुसिला विकले तेस्रो स्थान हासिल गर्नुभएको छ । विजेता विद्यार्थीहरुलाई प्रजिअ अधिकारी,प्रहरी नायव उपरिक्षक बुढमगर र खेलकुद विकास समितिका अध्यक्ष विकले मेडल प्रदान गर्नुभएको थियो । 
तस्विर ठाकुरप्रसाद आचार्य

प्रतिक्रिया राख्नुहोस्