रमेश दर्जीका लागि सहयोग जुट्दै
हरिकृष्ण गौतम /विकल्प
म्याग्दी,माघ ४ गते ।
आर्थिक अभावमा छाला सम्बन्धि रोगको उपचार गर्नबाट बन्चित भएका बागलुङ जिल्लाको भिमगिठे गाविस–५का ११ बर्षिय रमेश दर्जीलाई गाउँबाट काठमाण्डौसम्म लैजान बागलुङको श्रीनगर टोलमा रहेका सल्युट गोर्खा ट्यानिङ्ग सेन्टर एण्ड होस्टेल र सेभ द यूथ नेपालले १० हजार सहयोगको घोषणा गरेको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएको समाचार प्रकाशित भएपछि हेस्टेलका संचालक एवम् सेभ द यूथ नेपालका अध्यक्ष मनिश रायमाझीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘हामीले घरदेखी अस्पतालसम्म पु¥याउने प्रतिबद्धता जनाउँछौ’ रायमाझीले भने । उनको समस्यामा बारेमा अहिलेसम्म बाहिर नआउनु निकै दुखको कुरा भएको बताउँदै उनले आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा सहयोगका साथै आवश्यकता अनुसार पहल गर्ने प्रतिबद्धता समेत जनाए । भारतीय नाकाबन्दीका निशुल्क यातायातको सुविधाको ब्यवस्था गरेका रायमाझीले यूवालाई कुलतमा फस्नबाट बचाउन प्रभावकारी अभियान समेत सचालन गरिरहेका छन् । उनले बागलुङका अन्य गाविसमा समेत यस्ता कमजोर अवस्थामा उपचारबाट बन्चित भएका बालबालिका भएमा जानकारी गराउन समेत अनुरोध गरेका छन् ।
११ बर्षको उमेरसम्म निकै जटिल अवस्थामा पुगेका दर्जीको उपचारमा स्थानीय देखी अन्र्तराष्ट्रियस्तरसम्म चासो देखाइएको छ । रमेशकी आमा नरकुमारीले उपचारमा सहयोगको प्रतिबद्धताले परिवार खुसी भएको बताउँदै श्रीमान समेत अपाङ्ग भएकाले अस्पतालसम्म समस्या भएको बताईन् । चारवटा छोरामध्ये रमेश माहिला हुन् । छाला सम्बन्धि रोगका कारण उनको शरीरका विभिन्न भागमा घाउ समेत देखिएको छ । परिवारका अन्य सदस्यको साहरामा रमेशलाई भित्र बाहिर र शौचालय लैजाने गरिएको छ । खाना आफै खाने भएपछि उनको आँखा सहित शरीरका अन्य भागमा समेत संक्रमण फैलिएको छ । दर्जीको अवस्थामा बारेमा लगातार समाचार प्रकाशित गर्नुका साथै सहयोगदातालाई परिवारसंग सम्पर्क गराइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्