गजल संग्रह ‘सहरभित्रका रहरहरु’ को बिमोचन
विकल्प न्यूज /बेनी
माघ १ गते ।
म्याग्दीका साहित्यकार दर्पण रोकाको गजल संग्रह ‘सहरभित्रका रहरहरु’को शुक्रबार बेनीमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।
सुवासना साहित्य सदनले आयोजना गरेको कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष धु्रबलाल शर्माले गजल संग्रहको बिमोचन गर्नुभएको हो । बरंजा ६ खानीगाउँ निवासी रोकाको यो पहिलो कृती हो ।
बेनीको म्याग्दीकाली एफ एममा कार्यक्रम प्रस्तोता रहेका रोकाको गजल संग्रहमा राष्ट्रियता, माया प्रेम, प्रकृती र समासामयीक बिषय समेटिएका ७३ वटा गजल समावेश छ । सोही अवसरमा सुवासना साहित्य सदनद्धारा सञ्चालीत हाम्रो मुक्त यात्रा अन्तरगत मुक्तक बाचन पनि गरिएको थियो ।
सुवासना साहित्य सदनका अध्यक्ष शुशिल थकालीको अध्यक्षता र सचिव बादल शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकारहरु भक्त कार्की, अजयमिलन श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको थियो । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्