म्याग्दी उद्योग वाणिज्य संघद्धारा नवआगन्तुक प्रनाउलाई स्वागत
विकल्प न्यूज /बेनी
पुस,३० गते । हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दी आउनुभएका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विश्वराज खड्कालाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
विहिवार उवासंघको कार्यालयमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा प्रनाउ खड्काले जिल्लावासीहरुको सहकार्यमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न आफू प्रतिवद्ध भएको बताउनुभएको छ । उहाँले जिल्लामा भएको प्रहरी जनशक्तिलाई अधिकतम रुपमा परिचालन गरी शान्ती सुरक्षा र अमनचयन कायम राख्ने कार्यमा कुनै कमि नआउने बताउनुभयो ।
प्रनाउ खड्काले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु प्रमुख दायित्व भएकाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन सदैव तयार रहेको बताउनुभयो । उद्योगी व्यवसायीसँग सहकार्य गरी अगाडि बढ्ने जनाउदैँ प्रनाउ खड्काले प्रहरी प्रशासन सधै नागरिकहरुसँगको सहकार्यमा अगाडी बढ्ने विचार व्यक्त गर्नुभयो ।
नवआगन्तुक प्रनाउ स्वागत तथा भेटघाट कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ,म्याग्दी उवासंघका अध्यक्ष जिवनवहादुर विश्वकर्मा र निवर्तमान अध्यक्ष कुविर कुमार श्रेष्ठ,पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ,महिला उद्यम विकास समितिकी सभापति अमृता भण्डारी लगायतले जिल्ला मन्तव्य राखेका थिए । उवासंघका महासचिव राजेश शाक्याको सञ्चालनमा भएको कार्यक्रमको वरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले समापन गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, महिला उद्यम विकास समितिका सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्