बेनीको वणिज्य बैंकमा सिसी क्यामेरा जडान, दरवाङमा शाखा रहित बैंङकीङ सेवा सुरु गर्ने तयारी
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ३० गते ।
राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा सिसी क्यामेरा जडान भएको छ । कार्यालय भित्रको गतिबिधिलाई निगरानी गर्न र सुरक्षाका लागि ५ वटा सिसी क्यामेरा जडान गरिएको शाखाले जनाएको छ ।
२०७१ भदौमा शाखामा कार्यरत एक जना सुरक्षा गार्डले सेवाग्राहीले राखेको पैसा लुकाएपछि सुरक्षा चुनौती देखिएको थियो । यसैगरी शाखाले यहाँ शाखा नभएका अन्य बैंकको चेक पनि सतही गर्ने तयारी गरेको शाखाका आईटी फोकल पर्सन नवराज ढुंगानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सेवा सञ्चालनका लागि ईसीसी उपकरण शाखामा ल्याइ सकिएको छ । केन्द्रिय कार्यालयबाट प्राबिधिक आएर उपकरण जडान गरेपछि सेवा सुरु गर्ने ढुंगानाले बताउनुभयो ।
यसैबीच पश्चिम म्याग्दीको दरवाङमा राष्ट्रिय वाणिज्य बंैकले शाखा रहित बैंकीङ सेवा सुरु गर्ने भएको छ । २०५८ सालमा दरवाङबाट विस्थापित भएको बैंकको शाखा पुर्नस्थापना गर्न स्थानीयले माग गरिरहेका बेला शाखारहित सेवा दिने तयारी गरेको हो ।
शाखा रहित बैंकीङ सेवाका लागि दरवाङका व्यवसायी ओमबहादुर पुनलाई प्रतिनिधिको रुपमा नियुक्त गरिएको छ । त्यहाँबाट पैसा जम्मा गर्ने र झिक्ने सुबिधा दिइने जनाइएको छ । एक पटकमा १५ हजार रुपैयाँ दिनको पाँच पटक सम्म झिक्न पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्