‘कृष्ण सेन’ पत्रकारीता पुरस्कार खत्रीलाई
विकल्प न्यूज /बेनी
पुस ३० गते ।
क्रान्तिकारी पत्रकार संघ म्याग्दी शाखाले स्थापना गरेको ‘कृष्ण सेन’ पत्रकारीता पुरस्कार पहिलो पटक पत्रकार कमल खत्रीलाई प्रदान गरिने भएको छ ।
जनयुद्धका क्रममा दिवंगत हुनुभएका जनादेश साप्ताहीकका तत्कालीन सम्पादक कृष्ण सेन ‘ईच्छुक’ को स्मृतीमा संघले स्थापना गरेको अक्षयकोषबाट पहिलो पटक राससका म्याग्दी समाचारदाता खत्रीलाई पुरस्कृत गर्न लागिएको हो ।
वि.स २०६६ सालदेखि म्याग्दीमा पत्रकारीता गर्दै आएका खत्री राससको साथै एबिसी टेलिभिजन, बेनीको रेडियो म्याग्दी, सम्बृद्ध साप्ताहीक र म्याग्दी अनलाईनसंग पनि आवद्ध छन् ।
संघका शाखा अध्यक्ष सन्तोष गौतमको अध्यक्षतामा बुधबार बसेको छनौट समितिको बैठकको निर्णय अनुसार माघ दोस्रो साता बेनीमा हुन लागेको दोस्रो जिल्ला अधिवेशन उद्घाटनका क्रममा पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारको राशी नगद रु. पाँच हजार रहेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले गत वर्ष नवल खड्काद्धारा निर्देशीत चलचित्र ‘भिमदत्त’को बिशेष प्रर्दशनी गरेर रु. एक लाखको अक्षयकोष स्थापना गरेको थियो ।
कोषबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने र कोषको रकम वृद्धी गर्दै लैजाने उद्देश्य रहेको शाखा अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्