म्याग्दीमा लैङ्गीक समानताका लागि महिला शशक्तिकरण परियोजना सम्पन्न
विकल्प/म्याग्दी
पुस २९ गते ।
सामुदायीक स्रोत तथा वातावरणीय विकास केन्द्र (सोडेक) द्धारा म्याग्दीमा सञ्चालित लैङ्गीक समानताका लागि महिला शशक्तिकरण परियोजना सम्पन्न भएको छ ।
महिलाहरुलाई आयआर्जनमुलक क्रियाकलाप र सामाजिक क्षेत्रमा संलग्न गराई शशक्तिकरण गर्ने उद्देश्यले युरोपीयन युनीयनको सहयोगमा सन २०१३ देखि २०१५ को डिसेम्बर महिनासम्म परियोजना सञ्चालन भएको थियो ।
परियोजना मार्फत बेनी नगरपालीकाको ९, १० १३ र १४ नम्बर वडा, बाबियाचौर, कुहुँ, पात्लेखेत, झिँ गाविस र अर्मनको पोक गाउँका एक ५२० घरधुरी लाभान्वित भएको बुधबार बेनीमा आयोजित समिक्षा कार्यक्रममा संस्थाका कार्यक्रम ब्यवस्थापक देवीप्रसाद तिमील्सीनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजना अन्तरगत ५५ वटामा गठन भएका महिला शशक्तिकरण समूहमा आवद्ध ७७० जनाले बाख्रा, कुखुरा, मौरी पालन र तरकारी तथा अदुवा बेसार खेतीमा संलग्न भएका छन् । शशक्तिकरण समूहलाई घुम्ती कोष परिचालनका लागि परियोजनाले १५ लाख २५ हजार रुपैयाँ विउ पुजी उपलब्ध गराएको छ ।
यसैगरी महिला र पुरुषहरुलाई लैङ्गगीक समानता, समावेशी ब्यवस्था, समूह, सहकारी व्यवस्थापन, क्षमत्ता विकास, समूह परिचालन सम्बन्धि तालीम प्रदान गरिएपछि गाविस तथा वडाहरुमा महिला सञ्जाल गठन भई विकास योजना छनौट तथा कार्यक्रममा सहभागिता जनाउन थालेका तिमील्सीनाले बताउनुभयो ।
समिक्षा कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले महिलाहरुमा आएको जागरणलाई निरन्तरता दिनका लागि सरकारी निकाय र सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गर्न सुझाव दिनुभयो ।
यसैगरी दातृसंस्था युएनडिपीका कार्यक्रम प्रबन्धक शिवदत्त भण्डारीले राजनितिक, आयआर्जन र सामाजिक क्षेत्रमा महिलाको सहभागिता वृद्धी गरि उनिहरुका लागि व्यवस्था भएको अधिकार उपभोग गर्न परियोजना प्रभावकारी बनेको बताउनुभयो ।
सोडेक नेपालका अध्यक्ष मनबहादुर कुँवरको अध्यक्षता र जिल्ला कार्यक्रम संयोजक सबिता शर्मा कडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार डाक्टर देवेन्द्रराज रिजालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी बाबियाचौर महिला सञ्जालका अध्यक्ष उमादेवी पौडेल, झिँका लक्ष्मी शेरपुञ्जा, पात्लेखेतका निर्मला मल्ला, सिंगाका बिष्णु गुरुङ, गंगा शाही, घतानका शान्ती रोकाले परियोजनाले गरेका सकारात्मक गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्