ताजा समाचार:
Search

वुद्ध सहकारीको अध्यक्षमा बिजय श्रेष्ठ

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २९ गते ।
म्याग्दीको बेनीमा रहेको बुद्ध बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सोहै साधारणसभा तथा पाँचौ अधिवेशनबाट बिजयकुमार श्रेष्ठको अध्यक्षतामा नया सञ्चालक समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा बेलबहादुर कटुवाल, सचिवमा कुबिर श्रेष्ठ, कोषाध्यक्षमा अम्बिक श्रेष्ठ र सहसचिवमा उत्तम कर्माचार्य चयन हुनुभएको छ । संस्थाको सदस्यहरुमा बमबहादुर पुन, ज्ञानेन्द्र श्रेष्ठ, रामकृष्ण बराइली, नारायणप्रसाद श्रेष्ठ, अमर बानियाँ र चन्द्रप्रसाद बराइली रहनुभएको छ ।

Budda Sahakari

अधिवेशनले पार्थबहादुर जिसीको संयोजकत्वमा बाबुराम रेग्मी र हेमन्त थापा सदस्य रहेको लेखा तथा अध्यक्ष बिजयकुमार श्रेष्ठको संयोजकत्वमा प्रदिपकुमार श्रेष्ठ र अम्बिक श्रेष्ठ सदस्य रहनुभएको ऋण उपसमिति चयन गरेको छ ।

Budda Sahakari 1(1)

संस्थाका निवर्तमान अध्यक्ष सुर्यप्रसाद मर्सानीको अध्यक्षता तथा स्वागत र सचिव बेलबहादुर कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा र निवर्तमान अध्यक्ष प्रमोद श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।