नयाँ सविधानले विकासको ढोका खुल्ला गरेको छ ः काँग्रेस नेता आम्दाम्बे
निर्मल खत्री /विकल्प
म्याग्दी,पुस २८ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव्म सांसद भिष्म आम्दाम्बेले नेपालको नयाँ सविधानले मुलुकमा विकासको ढोका बाटो खुल्ला गरेको बताउनुभएको छ । नेपाली कांग्रेसको नेत्तृवमा बनेको नयाँ लोकतान्त्रीक सविधानले नेपालका सम्पूर्ण जातजाति ,भाषा, धर्म,बर्ग र समुदायलाई समेटेको उहाँको भनाई छ ।
नेपाली कांग्रेको जनताको आगनमा कांग्रेस अभियान अन्तर्गत मंगलबार जिल्लाको पश्चिमी भेग ओखरवोटको फुलबारीमा कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसले नै नेपालीको अधिकार सुनिश्चितको गरेको भन्दै कम्नीयूष्टहरुले गरिव जनतालाई नाम चलेको समान जस्तै बिकाउ गरेको आरोप लगाउनुभएको छ ।
गरिव जनताको नाममा उनिहरु धन कुम्लाएको उहाँको भनाई थियो । नेपाली कांग्रेस म्याग्दीका सदस्य दिल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेसका म्याग्दीका सभापति एवम संसद रेशम बानियाँले म्याग्दी हुने बिकास निर्माणको कार्यमा केन्द्रमा सबै सँग मिलेर कुरा गरेकोले म्याग्दीको बिकास निर्माणमा अहिले ठुलो रकम भित्रिएको दावी गर्नुभयो ।
दलित संघका कार्यवाहक अध्यक्ष दमन घिमिरेको स्वागत नेबिसंघ जिल्ला सचिव चक्र केसीको संञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति खम्वीर गर्वुजा ,निर्बतमान सभापति डाः भुपेन्द्र खड्का,महासमिति सदस्यद्धय चिरन्जीबि शर्मा ,नेत्र महत ,तरुणदल अध्यक्ष मुकुन्द छन्त्याल ,महिला संघ अध्यक्ष बिमला गौचन, दलित संघ केन्द्रीय सदस्य प्राध्यापक डम्मर बिश्कर्मा दरुण दल केन्द्रीय सदस्य मुतिmराज अधिकारी,पूर्व जिबिस सभापति ओमप्रकाश शेरचनले मन्तब्य राखेका थिए भने । कार्यक्रममा रुम निस्कोट दरबाङ्ग ओखरबोटका एक सय ४७ जना एमाले एमाओबादी परित्याग गरि नेपाली कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्