प्रवासीद्धारा विद्यालयलाई नगद र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २७ गते ।
म्याग्दीको पात्लेखेतमा रहेको दिपक मावि र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सोमबार एक प्रवासीले एक लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
पात्लेखेत घर भई हाल बेलायती गोर्खा सैनीकमा सेवारत सन्देश शेरचनले सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयलाई नगद ७५ हजार र १७१ जना विद्यार्थीहरुलाई २५ हजार रुपैयाँ बराबरको कापी, कलम र सिसाकलम वितरण गर्नुभएको शिक्षक बिष्णु ढुंगानाले जानकारी दिनुभयो ।
पात्लेखेतका अगुवा मनप्रसाद शेरचनका छोरा सन्देश र उहाँका भाई सन्दिपले शैक्षिक सामाग्री र नगद हस्तान्तरण गर्नुभैको थियो । शेरचनले उपलब्ध गराउनुभएको नगद सहयोग निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्