शिख गाविसको २४ औ गाउँ परिषद् सम्पन्न
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २५ गते ।
म्याग्दीको शिख गाविसको गाउँ परिषद् शनिबार सम्पन्न भएको छ । परिषद्ले चालु आर्थिक वर्षका लागि चालु तर्फ चार लाख ८५ हजार र पुँजीगततर्फ १७ लाख ४५ हजार रुपैया बजेट वितरण गर्ने निर्णय गरेको छ । यसैगरी आगामी आर्थिक वर्षका लागि चार लाख ८५ हजार र पुँजीगततर्फ २० लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको गाविस सचिव खेमराज पौडेलले बताउनुभयो ।
गाविस सचिव पौडेलको अध्यक्षतामा सम्पन्न परिाषद्मा मन्तब्य व्यक्त गर्दै म्याग्दीका स्थानिय विकास अधिकारी चिरञ्जिवी पौडेलले विकासका लागि राजनिति एकता र महिला सहभागितामा जोड दिनुभयो । उहाँले गाविसलाई बालमैत्री, पूर्ण साक्षर र सरसफाईयुक्त बनाउनु सुझाव दिनुभयो ।
कार्यक्रममा गत आर्थिक वर्षमा योजना तथा कार्यक्रम कार्यन्वयनमा महत्वपूर्ण योगदान गर्ने वडा न. २ का बेगबहादुर पाईजा, २ का गणेश गिरी र ९ का पूर्णबहादुर पाईजालाई सम्मान गरिएको छ । यसैगरी पुर्व गाविस सचिव दुर्गाराज पाईजा र बिष्णुप्रसाद पौडेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, योजना अनुगमन अधिकृत बिष्णुप्रसाद पौडेल, आदीवासी जनजाती समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल, वन मन्त्रालयका राजनितिक सल्लाहकार बागबिर पाईजा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्