केवल नेटर्वकको सेवालाई ग्राहकमैत्री हुनुपर्छ ः सांसद बानियाँ
विकल्प /बेनी
पुस २५ गते ।
केवल नेटर्वकले डिजिलट प्रविधिको प्रयोग गरी ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनुपर्ने सांसद रेशम बहादुर बानियाँले बताउनुभएको छ । केवलको सेवा लिए वापत ग्राहकले शुल्क तिर्ने भएकाले पनि शुल्क अनुसारको सुविधा उपलब्ध गराउन कन्जुसाई गर्न नहुने बानियाँको भनाई थियो ।
शनिबार बेनीमा सम्पन्न पब्लिक भिजन केवल नेर्टवक सञ्चार सहकारी संस्थाको सातौ बार्षिक साधारण सभामा प्रमुख अतिथि सांसद बानियाँले संचारको महत्वपूर्ण माध्यमका रुपमा रहेको केवल नेटवर्कको सेवा समय अनुकुल थप गदै जानुपर्नेमा समेत जोड दिनुभयो ।

सातबर्षको अवधिमा पब्लिक भिजनको सेवाबाट सेवाग्राही सन्तुष्ट रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो । साधारण सभामा अध्यक्ष टंक हमालले प्रगति, कोषाध्यक्ष विनोद केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा उत्कृट कार्यसम्पादन गरे वापत प्राविधिक पुस्कल गिरी नगद सहित र उत्कृष्ट सेयर सदस्यमा बावियाचौरका रेशम बहादुर दगामीलाई सम्मान गरिएको छ ।
करिव ४०६ जना सदस्य रहेको केवलको कुल १ करोड १५ लाख ८५८०० शेयर पुँजी र ५१ लाख ४६ हजारको कारोबार गरेको छ । २०६५ सालमा स्थापना भएको केवलले म्याग्दीका ग्रामिण क्षेत्रका साथै पर्वत र मुस्ताङसम्म समेत सेवा विस्तार गरेको छ । संस्थाका हाल २४ सय२८ जना ग्राहक रहेका छन् । साधारण सभाको अवसरमा सेयर सदस्य मना बानियाँ, रामप्रसाद शर्मा, मुक्ति ढुंगाना,संस्थापक अध्यक्ष मुक्ती रोकाले मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष टंक हमाल, उपाध्यक्ष लक्ष्मण शर्माको स्वागत र सचिव धुब्रराज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्