ताजा समाचार:
Search

बेनीमा नेपाली काँग्रेसको विरोध कार्यक्रम (फोटो)

DSC_0042 DSC_0046 DSC_0051
विकल्प न्यूज/बेनी
साउन १५ गते । सरकारका पछिल्ला कदमका विरुद्ध नेपाली काँग्रेसले आज साउन १५ गते देशभरका जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ । यस्तै म्याग्दीमा पनि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाको नेतृत्वमा सदरमुकाम बेनीमा  काँग्रेस नेता र कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् । बेनीको संगमचोक स्थित पार्टी कार्यालयबाट निस्केको जुलुसले बेनीबजार परिक्रमा गरेर सोही स्थानमा आएर कोणसभामा परिणत भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य