अबको कार्यभार विकास र सम्बृद्धी– पुर्व प्रधानमन्त्री भट्टराई

सन्तोष गौतम\विकल्प
म्याग्दी,पुस २१ गते ।
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालको अबको राजनीतिक कार्यभार विकास र सम्बृद्धी भएको बताउनु भएको छ ।
नयाँ संबिधानमा प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर नेपाललाई सम्बृद्धी र विकासमा अधि बढाउन नयाँ बिचार, नीति र नेतृत्व आवश्यक रहेको भट्टराईको भनाई छ ।

DSC07965

नयाँ शक्ति निर्माण अभियानले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालमा अबको १०–१५ वर्षभित्र गरिबीको अन्त्य गरेर ४० वर्षभित्र धनी मुलुक बनाउन सकिने उद्घोष गर्नुभयो ।

नेपालको विकासमा राजनीतिक अस्थिरता, भ्रष्ट्राचार, संसदीय व्यवस्था र बिभेद मुख्य चुनौतीको रुपमा रहेको बताउनुभयो । राजनीतिक स्थिरता, एकता, समानता, जनसहभागिता र सन्तुलित बिदेश नीति बनाउन सकेमा नेपालको विकासका लागि पर्याप्त स्रोत साधन रहेको उहाँको भनाई छ ।

उहाँले व्यक्तिगत स्वतन्त्रताको रक्षा र सामुहिक हितलाई प्राथमिकता दिने राजनितिक कार्यदिशा सहितको नयाँ पार्टी गठन गर्ने जानकारी दिनुभयो । मधेशको समस्या समाधानका लागि सार्थक वार्ता गर्न सरकार र आन्दोलनरत पक्षलाई पुर्व प्रधानमन्त्री भट्टराईले आग्रह गर्नुभयो ।
उहाँले परनिर्भरताको अन्त्यका लागि बिदेश र परराष्ट्र नीतिको परिवर्तन अपरिहार्य भएको बताउनुभयो । राज्यको दोहोन गरेर व्यक्तिगत सम्पत्ती जोड्ने र राजनीतिलाई ब्यवसाय बनाउने प्रणालीका कारण भ्रष्ट्राचार मौलाएको भट्टराईको भनाई छ ।

DSC07986

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको सरकार र समानुपातीक व्यवस्थाबाट चुनिने व्यवस्थापिका संसद हुनुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रलाई जनताको घरदैलो सम्म पु¥याउनका लागि भोट माग्नलाई मात्रै जनताकहाँ जाने प्रवृतीको अन्त्य हुनुपर्ने बताउनुभयो ।

आर्थिक सम्बृद्धीका लागि जल, जमिन, जडिवुटी, जंगल र जनशक्तिको सही दंगले परिचालन गर्ने र जनतालाई विकासमा सहभागि गराउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नयाँ शक्ति निर्माणका अभियन्ता देवेन्द्र पौडेलले अबको दुई वर्षमा नयाँ शक्ति नेपालको पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।DSC07991

 

नयाँ शक्ति अभियान म्याग्दीका संयोजक भुवन बुढाथोकीको अध्यक्षता र नारायण गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागि प्रध्यापक, शिक्षक, विद्यार्थी, ब्यवसायी र राजनितिज्ञहरुले अभियानका विषयमा प्रश्न तथा सुझाव व्यक्त गरेका थिए ।

उनिहरुले नयाँ शक्तिको योजना तथा कार्यक्रमलाई ब्यवहारमा कार्यान्वयन गरेर देखाउन, राजनीतिक आचरण सुधार गर्ने, परिवार र नाताबादबाट मुक्त हुन, राजनितिको नाममा चन्दा माग्ने संस्कृतीको अन्त्य गर्ने, जनतामुखी योजना बनाउन सुझाव दिएका थिए ।