मिलनचोकमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न
विकल्प /म्याग्दी
पुस। १८ गते ।
पर्वतको धाईरीङ ५ मिलनचोकमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीको ऐन नियमको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
५५ जना सेयर सदस्यहरु सहभागि कार्यक्रमको डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख सहकारी निरिक्षक डिलबहादुर केसीले सहजिकरण गर्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा नयाँ १९ जना सेयर सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष यज्ञनाथ लामिछानेको अध्यक्षता, सचिव लक्ष्मीप्रसाद आचार्यको सञ्चालन र उपाध्यक्ष लक्ष्मीकुमारी हमालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्