विकल्प/म्याग्दी,पुस १८ गते ।
तीनबर्ष अगाडीसम्म नरदेवी पुनको राजनीतिक यात्राका विषयमा विभिन्न टिकाटिप्पणी हुने गर्दथ्यो । एमालेभित्र मात्रै नभई जिल्लाकै प्रभावशाली महिला नेतृका रुपमा चिनिने पुनलाई राजनीतिका निस्कृय, पार्टीको जिम्मेबारीका बारेमा समेत पार्टीभित्र र बाहिर निकै चर्चा हुने गरेको थियो ।
२०५६ सालको संसदीय दल र ०६४को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएपछि पराजित भएपछि एमालेभित्रबाट अवसर र राजनीतिका पुनः सक्रियतामा प्रश्न गर्नेहरूको संख्या धेरै थियो । तर, निरन्तरको सक्रियता र लोकप्रियताले नरदेवीको राजनीतिमा कुनै असर गरेन् । चोक—चोकमा उनका बारेमा कुरा गर्नेहरूलाई अवसर भन्दापनि जिम्मेबारीमा विश्वास गर्ने पुनले जिल्लाकै इतिहासमा पहिलोपटक मन्त्री पदमा पुगेर देखाउन सफल भईन् ।
शुक्रबार पशु विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेबारी सम्हालेपछि राजनीतिमा अवसरको पछाडी नभई निरन्तर सक्रिय भए अवसर आफै पछाडी लाग्छ भन्ने सन्देश समेत प्रवाह गर्न सफल भएकी छन् । २०५६ सालमा १२ हजार १९६ र ०६४मा भएकोपहिलो संविधान सभामा१४ हजार ४५३ मत ल्याएकी पुनले दोस्रो संविधान सभामा समानुपातिक उम्मेदवारका रुपमा प्रत्यक्ष निर्वाचित एमाले उम्मेदवार नवराज शर्माले भन्दा धेरै १६ हजार ६७७ ल्याएर आफ्नो लोकप्रियतालाई थप प्रष्ट पारेकी थिईन् ।
राजनीतिकसंगै शिक्षामा समेत पुनले स्नातकोत्तर गरेकी छन् । ‘म अवसर भन्दा पनि जिम्मेबारीलाई विश्वास गर्छु । जतिसक्छु देश र जनताकै लागि गर्छु’ राज्यमन्त्री पुनले भनिन् । एमालेको समानुपातीक सांसद समेत रहेकी पुनले नयाँ अनुभव र नयाँ मन्त्रालयको जिम्मेबारी भएकाले आफुँले राम्रो कामको सुरुवात गर्ने प्रतिबद्धता जनाईन् । कुहुँ गाविस—७ भरजुलामा जन्मिएकी ४७ वर्षिय पुन २०४२मा शिक्षकको स्थाई पद छाडेर राजनितिमा सक्रिय भएकी हुन् । नेकपा एमालेको जिल्ला कमिटि उपसचिव, राष्ट्रिय परिषद् सदस्य, सांसद हुदै राज्यमन्त्री बनेकी हुन् । राजनिति शास्त्रमा स्नाकोत्तर उतिर्ण पुन राज्यमन्त्रीमा नियुक्त भएपछि बधाईको ओइरो लागेको छ ।