४१४ ट्रान्सर्फमर जलिसके
१८ पुस, काठमाडौं ।
भारतीय नाकाबन्दीका कारण इन्धन तथा खानापकाउने ग्यासको अभावले विद्युतीय सामान प्रयोग गर्दा बढेको लोड धान्न नसकि अहिलेसम्म चार सय १४ ट्रान्सर्फमर जलिसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
जलेको एउटा ट्रान्सर्फमर बनाउन पाँच दिनसम्म लाग्ने प्राविधिकहरुले बताएका छन् । काठमाडौंको लैनचौर र हेटौंडामा वर्कसप भएपनि त्यहाँ जनशक्ति अभाव र एकै पटकको ठूलो लोडले पालो गर्दा धेरै समय खर्चनु परेको नयाँ पत्रिकामा खबर छ । आजभोली फ्यूज नजली सीधै ट्रान्सर्फमर पड्कने गरेका छन् । जसबाट अहिलेसम्म ३३ करोड भन्दा बढीको क्षति भएको छ । onlinekhabar
प्रतिक्रिया राख्नुहोस्