अखिल क्रान्तिकारी र वाईसिएलको सयुक्त भेला

म्याग्दी/विकल्प
पुस ५ गते ।
अनेरास्ववीयू क्रान्तिकारी जिल्ला संगठन समिति म्याग्दी र योङ्ग कम्युनिष्ट लिग(वाईसिल) को सयुक्त भेला शनिबार बेनीमा सम्पन्न भएको छ ।

भेलाले अनेरास्ववीयू क्रान्तिकारीको जिल्ला भेलाका लागि गाउँ गाउँमा संगठन विस्तार तथा सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला संयोजक सुदिन पौडेलले जानकारी दिनुभयो ।

akhil-krantikari
उच्च माध्यमीक विद्यालय, क्याम्पस र माविहरुमा यही साता देखि अभियान सञ्चालन गर्ने पौडेलले बताउनुभयो । त्यस्तै भेलाको अवसरमा म्याग्दी बुहुमुखी क्याम्पसमा यामनाथ पौडेलको संयोजकत्वमा ३१ सदस्यीय मुल इकाई सम्मेलन आयोजक समिति गठन गरिएको छ ।
त्यसैगरी किशोर केसीको संयोजकत्वमा ५१ सदस्यीय वाईसीएल नगर कमीटि सम्मेलन आयोजक समिति गठन गरिएको छ । युवाहरुलाई संगठीत गर्दै वाईसियललाई पुन क्रियाशिल बनाउने केसीले बताउनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला कोषाध्यक्ष शेरबहादुर केसी, सचिवालय सदस्य सुवास विश्वकर्मा, विनोद केसीले प्रशिक्षण दिनुभएको थियो । सन्तोष गौतम