दरवाङमा लुटेराको गोली प्रहारबाट एक जना घाइते

सन्तोष गौतम/विकल्प
म्याग्दी ५ पुष । म्याग्दीको दरवाङमा गएराती लुटेराहरुले प्रहार गरेको गोली लागेर एक जना घाइते भएका छन् ।

दरवाङ गाविस ८ दिच्यामका ४० वर्षिय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहीने पाखुरा र दाडमा गोली लागेका उनको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको छ । रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।SG_Myagdi Ghaite 1

 

दिच्यामका जंगबहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपात भएको थाहा पाएपछि छिमेकीहरु मिलेर लुटेरालाई लखेट्न जाने क्रममा रोकालाई गोली प्रहार गरेको स्थानीय बासीन्दा दिनेश पुर्जाले बताउनुभयो । उहाँका अनुसार लुटेराहरुले चार राउण्ड राउण्ड फायर गरेका थिए ।

लुटेराहरुले जंगबहादुर र चित्रकुमारी पुर्जाको घरबाट एक तोला सुन, दुई तोला चाँदी, नगद सात हजार रुपैया सहित कुखुराहरु लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातीनै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको र लुटेराहरुको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरिक्षक हिराबहादुर गिरीले बताउनुभयो ।