मल्लाजमा सञ्चालित महायज्ञको आठौ दिनसम्म एक करोड २३ लाख संकलन

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ४ गते ।
उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजित श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ को आठौ दिनसम्म एक करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ ।

माझफाँट ७ स्थित ऐतिहाँसीक कोत मन्दिरको पुननिर्माण, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापन र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले मंसिर २५ गतेदेखि सुरु भएको महायज्ञको आठौ दिन शनिबार मात्रै करिब २५ लाख संकलन भएको प्रचारप्रसार संयोजक नविन जिसीले बताउनुभयो ।

Mallaj 4

आठौदिनसम्म एक करोड २३ लाख ९४ हजार ३७७ रुपैया संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष डम्मरबहादुर कार्कीले जानकारी दिनुभयो । शनिबार माझफाँट ८ का भिमबहादुर जिसीले सात लाख ७७ हजार ७७७ र चन्द्र बहादुर जिसीले तिन लाख ३३ हजार ३३३ रुपैयाँ दान गर्नुभएको छ ।

शुक्रबार सातै दिनसम्म ७४ लाख संकलन भएको थियो । आईतबार सम्पन्न हुने महायज्ञमा पण्डीत कमलनयन गौतमले कथा वाचन गर्नुभएको छ । महायज्ञबाट संकलित रकम ऐतिहाँसीक महत्वको मल्लाज कोतभगवती मन्दिर जिर्ण भएकाले आर्थिक स्रोत जुटाई मर्मत, पुर्वाधार निर्माण, व्यवस्थापन गरिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष टेकबहादुर जिसीले बताउनुभयो ।