यसरी गरियो बरंजालाई जिल्लामै पहिलो साक्षर गाविस घोषणा(फोटो सहित)

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ४ गते । म्याग्दीको बरंजालाई शनिबार जिल्लाकै पहिलो साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा बिद्यालय उमेर समूहका सबै बालबालीका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ ।

Baranja Sakchar VDC Ghosona (6)

बरंजामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५.२ प्रतिशत बासिन्दाले अंक, अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा एक सामारोहका बीच साक्षर गाविस घोषणा गरिएको हो । लक्षित उमेर समूहका ९५ प्रतिशत बासिन्दा साक्षर बनेको अवस्थामा साक्षर घोषणा गर्न सकिने नीतिगत ब्यवस्था रहेको छ ।

Baranja Sakchar VDC Ghosona (4)

छ हजार ४४८ जनसंख्या रहेको बरंजाको १५–६० वर्ष उमेर समूहका तिन हजार ७३८ जना मध्य तिन हजार ५६७ जना साक्षर बनेको स्थानीय बासिन्दा समेत रहनुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कृष्णलाल सापकोटाले जानकारी दिनुभयो ।Baranja Sakchar VDC Ghosona (7)

 

उहाँका अनुसार बरंजामा रहेका एक हजार ४६९ जना विद्यालय उमेर समूहका बालबालिकाहरु विद्यालयमा भर्ना भएकाले कुनै पनि बालबालीका विद्यालय बाहिर नरहेको गाविस पनि घोषणा गरिएको छ । १३ वटा विद्यालय रहेको बरंजा एक नगरपालीका तथा ३५ गाविस रहेको म्याग्दीको पहिलो साक्षर गाविस हो ।

Baranja Sakchar VDC Ghosona (2)

महेन्द्ररत्न उच्च मावि परिसरमा आयोजित समारोहमा सांसद रेशमबहादुर बानियाले हाल निरक्षर रहेकाहरुलाई पनि साक्षर बनाउने र विद्यालय बाहिर कुनै पनि बालबालीकालाई रहन नदिने प्रतिवद्धता सहित घोषणा गर्नुभएको थियो ।

साक्षर गाविस घोषणा भएको खुसीयालीमा बरंजाका बासिन्दाहरुले विभिन्न झाँकी, बाजागाजा र नाचगान गरेर खुसीयाली मनाएका छन् । कार्यक्रममा बोल्दै सांसद बानिया लगायतका बत्ताहरुले घोषणालाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

SG_Myagdi Sakchar Ghosona 1

सांसद बानियाले म्याग्दी जिल्लाले शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी तथा सरसफाईको क्षेत्रमा बिशेष पहिचान बनाउन सफल भएको बताउनु भएको थियो । उहाँले म्याग्देली जनताको सुबिधाका लागि सडक, भवन, विद्युतीकरण, सिचाई र नदी तथा पहिरो नियन्त्रण सम्बन्धि भौतिक योजनाहरुलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल र जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले म्याग्दीका २४ वटा गाविसका ९५ प्रतिशत बासिन्दा साक्षर बनेको तथ्याङ्क रहेकाले त्यसलाई अनुगमन गरि आगामी एक वर्षभित्र जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भएको जानकारी गराउनुभयो ।

Baranja Sakchar VDC Ghosona (9)

नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मी, नेकपा एमालेका सचिव बालकृष्ण सुवेदी, राप्रपाका अध्यक्ष एकेन्द्र रावलका साथै स्थानीय व्यतित्वहरु, जिल्ला स्थित विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।SG_Myagdi Khusali

गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाविसका सचिव गोविन्द जिसीको अध्यक्षता, जनप्रिय निमावीका शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालन र महेन्द्ररत्न उच्च माविका प्रअ रुद्रबहादुर केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति डेकबहादुर बानियाले साक्षर गाविस घोषणाको महत्व तथा अर्का स्रोत व्यक्ति कृष्णलाल सापकोटाले बरंजाको साक्षरता र बालबालिकाको विद्यालयमा पहुँचको अवस्था सम्बन्धि तथ्याङ्कको बारेमा जानकारी गराउनुभएको थियो ।