आँखाका रोगी खोज्दै स्वास्थ्यकर्मी र स्वमसेवकको टोली गाउँमा

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ४ गते । म्याग्दीका स्वास्थ्यकर्मी र स्वमसेवकहरुले आँखाका रोगी खोज्न ग्रामिण क्षेत्र केन्द्रित अभियान सुरु गरेका छन् ।

आर्थिक अभाव, भौगोलिक बिकटता, चेतनाको कमी लगायतका कारणले उपचार सेवा पाउन नसकेका आँखा सम्बन्धि समस्या भएका बिरामीहरुलाई घरदैलोमै सहज रुपमा सुबिधा उपलब्ध गराउन ग्रामिण क्षेत्रमा आँखा शिवीर सञ्चालन गर्न थालीएको हो ।

Eye Sibir (2) बेनी बजारमा क्रियाशिल लायन्स कल्वका स्वमसेवकहरु र आँखा उपचार केन्द्रका प्राबिधिकहरुको टोलीले ग्रामिण क्षेत्रका आँखाका बिरामीहरुलाई लक्षित गरेर निशूल्क आँखा शिवीर आयोजना गरेका छन् ।

गाउँ केन्द्रित अभियान अन्तरगत शनिबार लायन्स कल्ब अफ बेनी मल्लाज र नेपाल रेडक्रस सोसाईटी माझफाँट उपशाखाको आयोजनामा मल्लाजमा निशूल्क आँखा शिवीर सम्पन्न भएको छ । शिवीरमा माझफाँट, लेकफाँट, बाँसखर्क, शालीजा लगायत गाविसका ३६० जनाले सेवा लिएको आयोजकले जनाएका छन् ।

शिवीरमा १८ जना मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने बिरामी भेटिएका छन् । उनिहरुलाई पुष ११ र १२ गते बेनीमा निशूल्क अप्रेशनको ब्यवस्था मिलाइएको छ । आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परिक्षण, चश्मा, औषधि वितरण र परामर्श सेवा दिएको थियो ।

यस्तो शिवीर म्याग्दीको पोखरेबगर, पाखापानी, बाबियाचौरमा पनि आयोजना गरिने र त्यहाँ पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई बेनीमा निशूल्क अप्रेशनको ब्यवस्था मिलाउने लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठले बताउनुभयो ।

स्थानीय स्तरमा आयोजना गरिने आँखा शिवीरबाट सर्वसाधारणले गाउँमै सर्वसुलभ रुपमा सेवा पाउने भएकाले प्रभावकारी बनेको छ । यस वर्ष निशूल्क आँखा शिवीर सञ्चालनका लागि रत्नेचौर घर भई हाल मलेसियामा ब्यवसाय गर्दै आउनुभएका दिपक बोगटीले दिवंगत पिता ओमबहादुर बोगटीको स्मृतीमा खर्च ब्यवस्थापन गर्नुभएको छ ।

Eye Sibir (1)  मल्लाजमा आयोजित शिवीरको लायन सन्तोष रावलले उद्घाटन गर्नुभएको थियो । लायन्स कल्व अफ बेनी मल्लाज तथा रेडक्रस उपशाखा सभापति रवी भण्डारीको अध्यक्षता, शेषराज रेग्मीको सञ्चालन र देवेन्द्र भण्डारीको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रावल, माझफाँट गाविसका सचिव रामचन्द्र पौडेल, लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठ, दोभानका अध्यक्ष लक्ष्मी केसी, बेनी सिटीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र हिमशुसेली युवा कल्वका अध्यक्ष मिनबहादुर बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।