माझफाँटमा निशुल्क आँखा शिवीर सुरु

विकल्प /म्याग्दी
पुस ४ गते । म्याग्दी बेनपा रत्नेचौर निवासी हाल मलेशियाका सफल व्यवसायी एब्म समाजसेवी दिपक बोगटीको आर्थिक सहयोगमा शनिवार मल्लाज माझफाँट स्थित रेडक्रस भवनमा निशुल्क आँखा शिवीर सुरु भएको छ ।

11220792_1098944070138489_4624488677768562806_n
म्याग्दीका लायन्स क्लबहरुको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा माझफाँटमा आँखा शीवीर सुरु भएको हो ।
बोगटीका स्वः (ओमबहादुर बोगटी) वुवा र भाई लोकेशको सम्झनामा म्याग्दी र पर्वतको माझफाँटमा आँखा शिवीर सञ्चालन गर्नका लागि आर्थिक सहयोग प्राप्त भएको लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यसै गरी ९ गते म्याग्दीको पाखीपानी, १० गते राँखु भगबती, ११ गते घारा को पोखरे बगर, ११ गते बावियाचौर र १२÷१३ गते बेनी बजारको जिल्ला अस्पतालमा मोतीया बिन्दुको निशुल्क अप्रेशन गरिने लायन्स क्लबले जनाएको छ ।