माझफाँटमा जारी महायज्ञमा पचासलाख भन्दा वढि संकलन

विकल्प/म्याग्दी
पुस ३ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजना गरिएको महायज्ञमा शुक्रवार सम्म पचासलाख रुपियाँ भन्दा वढि आर्थिक संकलन भएको छ ।12376523_1097735413592688_1830959894530588210_n

 

महायज्ञमा माझफाँट निवासी हाल काठमाण्डौ वस्ने उद्योगी एवम् समाजसेवी शिवकुमार श्रेष्ठले २० लाख ४५ हजार १६२ रुपियाँ नगद दान गर्नुभएको महायज्ञ प्रचारप्रसार संयोजक नविन जिसीले जानकारी दिनुभयो ।

12360062_125199907851018_8510430703373909569_nमाझफाँट ७ स्थित ऐतिहाँसीक कोत मन्दिरको पुननिर्माण, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले पुस ५ गते सम्म आयोजना हुने महायज्ञमा एकलाख रुपियाँ भन्दा वढि दिने ६ जना र पचास हजार रुपियाँ भन्दा वढि दिने ८ जना सहयोगी दाताहरु रहेको महायज्ञ मुल आयोजकले जनाएको छ ।Mallaj 4

दैनिक जसो पण्डीत कमलनयन गौतमले कथा वाचन गर्नुभएको महायज्ञमा भक्तजनहरुको उल्लासमय सहभागित रहेको महायज्ञको आयोजक समितिका अध्यक्ष क्या. टेक बहादुर जि.सीले बताउनुभयो । महायज्ञमा स्वतस्फुर्त रुपमा स्थानीयवासीहरुले सक्दो दान गरेको उहाँले बताउनुभयो । माझफाँटमा गत शनिबारदेखि सुरु भएको महायज्ञ आइतवार समापन हुँदै छ ।