दिपक बोगटीले गरे म्याग्दीमा आँखा शिवीरका लागि सहयोग

विकल्प /म्याग्दी
पुस २ गते । म्याग्दी बेनपा रत्नेचौर निवासी हाल मलेशियामा सफल व्यवसायिका रुपमा चर्चित दिपक बोगटीले जिल्लामा आँखा शिवीर सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

12341394_791387947640265_8391567653101767218_n

उहाँले आँखा शिविर सञ्चालन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।
मानविय सेवा गर्नु नै ठूलो धर्म हुने भएकाले आफूले सहयोग गरेको बोगटीले बताउँनुभएको छ । स्वः (ओमबहादुर बोगटी) वुवाको सम्झनामा आँखा शिवीर सञ्चालन गर्नलागेको हुँ, । बोगटीले भन्नुभयो, ‘आर्थिक अभावका कारण संसार देख्न नपाएकालाई म संसार देखाउनेछु ।’ मानविय सेवा गर्नु आफ्नो बुवाको पनि ठूलो इच्छा थियो । बोगटीले भन्नुभयो, ‘बुबाको सपनालाई मैले साकार पार्नुपर्दछ ।’

12342566_1043878175654716_6564186826041733958_n
म्याग्दी र पर्वत जिल्लाको बेनी सँग नजीकमा रहेका गाविसका आँखा संम्बन्धी रोगीहरूलाई उपचारमा सहयोग पुग्ने गरी बोगटीको आर्थिक सहयोग र लायन्स क्लब म्याग्दीको संयोजनमा शिवीर सञ्चालन हुन लागेको हो ।
बोगटीको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा म्याग्दी र पर्वत बेनीमा रहेका संम्पुर्ण लायन्स क्लबहरूको आयोजनामा शिवीर सञ्चालन हुन लागेको लायन्स क्लब अफ म्याग्दीका अध्यक्ष कुबीरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पुस ४ गते पर्वत को रेडक्रस भवनमा, ९ गते म्याग्दीको पाखीपानी, १० गते राँखु भगबती, ११ गते घारा को पोखरे बगर, ११ गते बावियाचौर र १२÷१३ गते बेनी बजारको जिल्ला अस्पताल मा मोतीया बिन्दुको निशुल्क अप्रेशन गरिने लायन्सले जनाएको छ ।